back

प्रदेश २ को नाम र राजधानी तोक्न आज मतदान हुँदै

वि.सं.२०७८ माघ ३ सोमवार

102 

shares
NTC AD
Global IME AD

काठमाडौं । प्रदेश २ को नाम र राजधानी तोक्नका लागि आज मतदान हुँदैछ ।

प्रदेशसभाको सचिवालयका अनुसार नाम र राजधानी तोक्ने विषयमा सहमति हुन नसकेपछि आज बिहान ११ बजेदेखि मतदान हुने भएको हो ।

यसअघि प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउनका लागि प्रदेशसभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति समेत गठन गरिएको थियो । तर, यस विषयमा दलहरुबीच सहामति हुन नसकेपछि आज मतदान हुन लागेको हो ।

यादव नेतृत्वको समितिले यस विषयमा सहमति जुटाउन नसकिएको भन्दै आइतवार बसेको प्रदेशसभा बैठकमा गोप्य मतदानलगायत ६ वटा विकल्पसहितको प्रतिवेदन पेश गरेको थियो ।

विशेष समितिको पुष १५ देखि २७ सम्म बसेको बैठकले प्रस्तावित ६ वटा नामलाई ४ र राजधानीका लागि प्रस्ताव गरिएको ५ वटा नामलाई ३ वटामा झार्न सफल भएको बताइएको छ ।

समितिले प्रदेशका लागि ‘मधेश प्रदेश, मिथिला भोजपुरा प्रदेश, जानकी प्रदेश र मध्य मधेश प्रदेश तीनवटा नाम र राजधानीका लागि जनकपुर धाम र वीरगन्ज दुईस्थान प्रस्ताव गरेको छ भने जनकपुरधाम दलहरुको साझा प्रस्ताव रहेको छ ।

 

 

वि.सं.२०७८ माघ ३ सोमवार १०:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...