back
CTIZAN AD

प्रदेश २ को नाम र राजधानी तोक्न आज मतदान हुँदै

वि.सं.२०७८ माघ ३ सोमवार

594 

shares

काठमाडौं । प्रदेश २ को नाम र राजधानी तोक्नका लागि आज मतदान हुँदैछ ।

प्रदेशसभाको सचिवालयका अनुसार नाम र राजधानी तोक्ने विषयमा सहमति हुन नसकेपछि आज बिहान ११ बजेदेखि मतदान हुने भएको हो ।

यसअघि प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउनका लागि प्रदेशसभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति समेत गठन गरिएको थियो । तर, यस विषयमा दलहरुबीच सहामति हुन नसकेपछि आज मतदान हुन लागेको हो ।

यादव नेतृत्वको समितिले यस विषयमा सहमति जुटाउन नसकिएको भन्दै आइतवार बसेको प्रदेशसभा बैठकमा गोप्य मतदानलगायत ६ वटा विकल्पसहितको प्रतिवेदन पेश गरेको थियो ।

विशेष समितिको पुष १५ देखि २७ सम्म बसेको बैठकले प्रस्तावित ६ वटा नामलाई ४ र राजधानीका लागि प्रस्ताव गरिएको ५ वटा नामलाई ३ वटामा झार्न सफल भएको बताइएको छ ।

समितिले प्रदेशका लागि ‘मधेश प्रदेश, मिथिला भोजपुरा प्रदेश, जानकी प्रदेश र मध्य मधेश प्रदेश तीनवटा नाम र राजधानीका लागि जनकपुर धाम र वीरगन्ज दुईस्थान प्रस्ताव गरेको छ भने जनकपुरधाम दलहरुको साझा प्रस्ताव रहेको छ ।

 

 

वि.सं.२०७८ माघ ३ सोमवार १०:२१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...