काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
बताइएअनुसार दुई नेताबीच स्थानीय तहको निर्वाचनको बारेमा छलफल भएको थियो । निर्वाचन आयोगले निर्वाचनको मिति तोक्न ताकेको गरेको सन्दर्भमा दुई नेताबीच छलफल भएको हो ।
आयोगले गरेको ताकेताप्रति सहमत भए पनि उच्चस्तरीय राजनीतिक समन्वयन समितिबाट निकास खोज्ने विषयमा नेताहरुबीच सहमति भएको प्रचण्ड सचिवालयले जनाएको छ । नेताहरुले मंगलबार बिहानका लागि उच्चस्तरीय समन्वय समितिको बैठक बोलाएका छन् । उक्त बैठकले चुनावको बारेमा निर्णय लिनेछ ।
सत्ता गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी तीन वटै तहको निर्वाचन एकै पटक गर्नुपर्ने लाइनमा छन् तर, कांग्रेसले भने कुनै निर्णय गरेको छैन् । दलहरुले सहमतिबाटै निर्वाचनबारे निर्णय लिने बताएका छन् ।
वि.सं.२०७८ माघ ३ सोमवार १५:४६ मा प्रकाशित


























