काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो १०० दिनको कार्य उपलब्धि सार्बजनिक गरेका छन् ।
सोमबार श्रममन्त्री श्रेष्ठले आफ्ना १०० दिनको उपलब्धि सार्वजनिक गर्दै बैदेशिक रोजगारीको क्षेत्रको बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुकहरु पहिल्याउने ति मुलुकहरुसँग श्रम सम्झौताको पहल गर्ने, यस क्षेत्रमा गरिएका नयाँ थालनीले श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा नयाँ तरंग ल्याएको श्रेष्ठले दावी गरेका छन् ।
मन्त्री श्रेष्ठले सार्वजनिक गरेको १०० दिनको ३५ उपलब्धिमा बैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत् गर्ने व्यवस्था, कामदारलाई विना झन्झट सहज सेवा तथा बैदेशिक रोजगारीका क्रममा देखिएका समस्याको गुनासो तत्काल सम्बोधनको व्यवस्था, बैदेशिक रोजगार सम्बन्धी समस्या हेर्ने छुट्टै प्रहरी इकाइको गठन प्रक्रिया अघि बढाइएको, बैदेशिक रोजगार सम्बन्धी आउने गुनासो तत्काल निराकरण, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि र्यापिड रेस्पोन्स टिम गठन गरेको उल्लेख गरेका छन् ।
त्यस्तै बेलायतसँग श्रम सम्झौता र नर्स पठाउने गृहकार्य सुरु गरिएको, विभिन्न रोजगारदाता मुलुकसँग नयाँ श्रम सम्झौता र नविकरणको गृहकार्य भइरहेको तथा मालदिभ्स, फ्रान्स, सेसेल्स लगायतका देशसँग छलफल भइरहेको लगायतका विभिन्न ३५ उपलब्धि सार्वजनिक गरेका हुन् ।
यस्तो छ ३५ उपलब्धि
वि.सं.२०७८ माघ ३ सोमवार १६:१२ मा प्रकाशित






























