काठमाडौं । नेकपा (एमाले)ले कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गइरहेको भन्दै सार्वजनिक कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मनाथ अधिकारीले आज प्रदेश तथा जिल्ला कार्यालयहरूलाई पत्राचार गर्दै २५ जनाभन्दा बढीको सहभागिता रहने कुनै पनि कार्यक्रम नगर्न भनेका हुन् ।
एमालेले पार्टीका आन्तरिक बैठक, भेलाहरू भने आवश्यक सतर्कता अपनाउँदै गर्न निर्देशन गरेको छ ।
साथै एमालेले सरकारबाट जारी स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारू राख्न भनेको छ ।
यस्तो छ निर्देशन

वि.सं.२०७८ माघ ३ सोमवार १७:३९ मा प्रकाशित




























