
काठमाडौं । प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार प्रदेशसभा बैठकमा नामकरणका लागि भएको मतदानमा मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बुहमतले पारित भएको हो।
प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । जुन दुई तिहाईभन्दा बढी हो ।
संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको हो ।
सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरे ।
आज मात्रै प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी पनि टुंगो लगाएको थियो । बैठकले प्रदेशको स्थायी राजधानी जनकुपरलाई दुई तिहाई बहुमतले पारित गरेको छ ।