back
CTIZAN AD

मदिरा व्यवसायीलाई बैंकहरुले विना धितो अरबौं रुपैयाँ दिएको खुलासा, कुन बैंकले कति दिएका थिए त ?

वि.सं.२०७८ माघ ३ सोमवार

696 

shares

काठमाडौं । काठमाडौं दरबारमार्गमा विदेशी मदिराको कारोबार गरिरहेको पसल ग्रीनलाइन सेन्टरका सञ्चालकको विषय अहिले निकै चर्चामा रहेको छ ।

राजधानीबाट मदिराको ठुलो कारोबार गरिरहेको ग्रीनलाइन सेन्टरका सञ्चालक बैंकबाट ऋण लिएको ३ अर्ब भन्दा धेरै रकम नतिरेर बेपत्ता भएका छन् ।

प्रहरीले सेन्टरका सञ्चालकको बानेश्वरमा रहेको घरमा छापा मार्दा ऋण तिर्न नसकेर घर छाडेर हिंडेको पत्र प्रहरीले फेला पारेको छ ।

ओमप्रकाश अग्रवालले पत्रमा आफुले ऋण तिर्न नसकेकोमा क्षमा माग्दै बाचेदेखि छोराहरुले ऋण तिर्ने उल्लेख गरेका छन् ।

ग्रीनलाइनका सञ्चालकले त आफ्नो व्यवसाय छोडेर वेपत्ता भए तर बैंकहरुलाई भने आँखा चिम्लेर गरेको लगानीले अहिले आफैलाई गलपासो बनाएको छ । विना धितो व्याक्तिगत जमानीका आधारमा मात्रै ठुलो ऋण लगानी गर्दा सम्बन्धित बैंकहरु समस्यामा परेका हुन् । ग्रीनलाइनले नेपाल इन्भेस्टमेन्ट बैंकमा ३२ करोड, मेगा बैंकमा २५ करोड, एभरेस्ट बैंकमा २२ करोड, ग्लोबल आइएमइ बैंकमा १८ करोड कर्जा भुक्तान गर्न बाँकी रहेको छ । यसमा केही बैङ्कको २० प्रतिसतदेखि ७० प्रतिसतसम्म धितो भएको स्रोतले बताएको छ ।

ग्रीनलाइनको तर्फबाट ऋण लिएका अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने कानुनी प्रक्रिया अगाडि बढाएको छ । सञ्चालकहरुको नाममा ३५ दिनको सूचना निकालेर बैंकले ऋण तिर्न आग्रह गरेको छ । ग्रिनलाइनले इन्भेष्टमेन्ट बैंकमा करिब ५ करोड रुपैयाँ बराबरको धितो दिएका छन् भने बाँकी मदिराको स्टक बैंकले राखेको छ । हाइपोथेटिकल ऋणको मात्रा बढी भएकाले धितोबाट मात्र ऋण असुली हुने सम्भावना रहँदैन् । त्यसैले इन्भेष्टमेन्ट बैंकले सार्वजनिक सूचना निकालेर ऋण उठाउने प्रक्रिया सुरु गरेको हो बताइएको छ ।

इन्भेष्टमेन्ट बाहेक अरु बैंकले भने अहिलेसम्म सार्वजनिक रुपमै ऋण उठाउने कानुनी प्रक्रिया सुरु गरेको देखिँदैन् । उनीहरुले सेन्टरको मदिरा स्टक भएको गोदाममा सिलबन्दी गरेका छन् । गोदाममा इन्भेष्टमेन्टसंगै एभरेष्टले पनि ताला लगाएको छ । स्रोतहरुबाट प्राप्त तथ्यांकलाई हेर्दा बैंकहरुले दिएको सबै ऋण हाइपोथेटिकल नभएको देखिएको छ । विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति धितोमा बैंकले ऋण प्रवाह गरेको देखिएको छ । मेगा बैंकले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ । त्यस्तै ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ ।

सन् १९९९ मा ओमप्रकाश अग्रवालले काठमाडौंमा मदिरा कारोबारको लागि ग्रीनलाइन सेन्टर खोलेका थिए । काठमाडौंमा विदेशी र महंगा रक्सी पाइने स्टोरको नाममा ग्रीनलाइन निकै परिचित भएको थियो । ओमप्रकाशले खोलेको कम्पनीको व्यवस्थापन उनका छोराहरु अभिषेक र अमित अग्रवालले गर्दै आएका थिए । अग्रवाल परिवार फरार भएपछि थोरै धितोमा ऋण प्रवाह गरेका बैंकहरु समस्यामा परेका छन् । बैंकहरु समस्यामा पर्ने विषयसंगै उनिहरुमाथि एउटा रक्सीपसलमाथि बिनाधितो करोडौं बराबरबरको ऋण लगानी गर्ने प्रश्न पनि उठ्न पुगेको छ ।

वि.सं.२०७८ माघ ३ सोमवार २०:५५ मा प्रकाशित

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...