back
CTIZAN AD

१४५ किसानले पाए ८१ लाख अनुदान

वि.सं.२०७८ माघ ४ मंगलवार

660 

shares

बाग्लुङ । कृषि ज्ञान केन्द्र बागलुङले कृषकले लगाएको फलफूल तथा तरकारी खेतीको क्षेत्रफलका आधारमा अनुदान दिन सुरु गरेको छ ।
गण्डकी प्रदेशकोअन्तर्गत बजेटबाट १४५ कृषकलाई चालु आर्थिक वर्ष २०७८÷७९ स्वीकृत गरेको अनुदानमध्ये २३ कृषकका फार्मलाई क्षेत्रफलका आधारमा अनुदान स्वीकृत गरेको छ ।

केन्द्रले क्षेत्रफलका आधारमा अनुदानसँगै कृषिमा यान्त्रिकीकरण, रैथाने बाली प्रवद्र्धन, स्थानीय कृषि उपज सङ्कलन केन्द्र (हाटबजार), फलफूल बगैँचा सुधार, साना सिँचाइ कार्यक्रम र फलफूल नर्सरी स्थापनाका लागि १४५ कृषक, फार्म, सहकारी तथा समूहलाई रु ८१ लाख ७५ स्वीकृत भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रले क्षेत्रफलका आधारमा यस वर्ष २३ कृषकलाई रु आठ लाख अनुदान दिन थालेको छ । “कृषकले खाली जग्गामा लगाएको तरकारी तथा फलफूललाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान, टनेलभित्र लगाएपछि १०० वर्गफिटको रु तीन हजारका दरले अनुदान दिन थालेका छौँ”, भट्टराईले भने, “अनुदानमा लापरवाही नहोस् भन्नका लागि तरकारी तथा फलफूल लगाएको क्षेत्रफल नापेर अनुदान दिन थालिएको हो । यससँगै जिल्लाका चार स्थानमा कृषि उपज सङ्कलन केन्द्र, ६८ जनालाई कृषियन्त्र, रैथाने बाली प्रवद्र्धन, फलफूल नर्सरी स्थापना र फलफूल बगैँचा सुधारलगायत कार्यक्रमका ११९ किसान, फार्म, सहकारी तथा समूहलाई अनुदान दिन थालिएको छ ।”

अहिले अनुदानका लागि धमाधम सम्झौता भइरहेको छ । गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत अनुदान दिने कार्यक्रम सुरु भए पनि सङ्घीय सरकारका लागि अनुदान स्वीकृतका लागि फार्म, सहकारीहरूको अध्ययन भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी तथा बागबानी विकास अधिकृत कुमार पुन मगरले जानकारी दिए ।

मगरका अनुसार फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका सिगानाको गाउँबेँसी पोल्टीफार्म, तित्याङको गैराफाँट फलफूल तथा नर्सरी, जैमिनीको पाही कृषि तथा पशुपक्षी फार्म र कुडुलेको कुडुले कृषि फार्मलाई रु एक लाख ५० हजारका दरले अनुदान स्वीकृत गरिएको, रैथाने बाली प्रवद्र्धनका लागि विनियोजन भएको रु चार लाख बजेटबाट रेशको बैनथाना कृषि समूह, लेखानीको पसल टोल कृषक समूह, गलकोटको घुम्टे महिला कृषक समूह, गकोटकै व्यावसायिक कृषि उत्पादन तथा वितरण केन्द्र र ढोरपाटनको सिमलचौर कृषि तथा पशुपक्षी कृषक समूहले अनुदान पाएका छन् ।

यस्तै रु १५ लाख बजेट विनियोजन भएको कृषि उपज सङ्कलन केन्द्रबाट चार समूहले अनुदान पाएका छन् । अनुदान पाउनेमा गुहेली सञ्चार सहकारी, देवीस्थान बहुउदेश्यीय सहकारी, गणेश कृषि सहकारी र दगातुन्डाँडा कृषि सहकारीलाई स्वीकृत गरिएको छ । यस्तै साना सिँचाइ कार्यक्रमअन्तर्गत विनियोजन भएको रु ३६ लाख बजेटबाट २६ समूहले रु ५० हजारदेखि दुई लाखसम्मको अनुदान पाउने भएका छन् ।

यस्तै व्यावसायिक फलफूल बगैँचा सुधार कार्यक्रमअन्तर्गत १५ किसानले रु २५ हजारका दरले अनुदान पाउन थालेका छन् । यस्तै कृषि यन्त्रिकीकरणअन्तर्गत मिनीटेलर हलो, कुटानी पिसानी र कटरलगायतमा अनुदान दिन थालिएको छ । वास्तविक किसान, यसअघि अनुदान नपाएका, व्यावसायिकरूपमा सफल भइसकेका जस्ता मापदण्डका आधारमा योजना स्वीकृत गरेर अनुदान दिन थालिएको छ । रासस

 

वि.सं.२०७८ माघ ४ मंगलवार ०९:०४ मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...