काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक मंगलवार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बस्न लागेको उक्त बैठमा यहि माघ १२ गते राष्ट्रियसभा निर्वाचनका विषण्मा छलफल हुने बताइएको छ ।
सत्ता गठबन्धन दलका शिर्ष नेताहरु रहेको उक्त समितिको बैठकमा राष्ट्रियसभा निर्वाचन, स्थानीय निकायको निर्वाचनको तयारी, पछिल्ला दिन बढ्दै गएको कोरोना महामारी, एमालेद्धारा गरिएको संसद अवरुद्ध लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सोमवार बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको भेटका क्रममा सैबैधानिक व्यवस्था अनुसार नै तीनै तहको निर्वाचन गर्ने विषयमा छलफल भएको थियो ।
वि.सं.२०७८ माघ ४ मंगलवार ०९:१९ मा प्रकाशित






























