काठमाडौं । नेकपा एमालेको हालै सम्पन्न जिल्ला अधिबेशनले दुई विशेष जिल्ला सहित ६५ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ ।
त्यस्तै पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी रहेको र धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने जनाइएको छ ।
पछिल्ला केही दुई सातायता नेपालमा निरन्तर रुपमा कोरोना संक्रमण उच्च दरमा बढीरहेको अवस्थालाई मध्यनजर गर्दै एमालेले विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने समेत जनाएको छ ।
जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छवटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएको पनि एमालेले जनाएको छ ।
यस्तो छ नयाँ नेतृत्वको नामावली



वि.सं.२०७८ माघ ५ बुधवार ०८:१५ मा प्रकाशित






























