back
CTIZAN AD

देशैभरी पश्चिमी वायुको प्रभावः कतै वर्षा त कतै हिमपात, चिसोबाट बच्न अनुरोध

वि.सं.२०७८ माघ ७ शुक्रवार

840 

shares

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज देशैभरी आंशिकदेखि सामान्यतया बदली रहनेछ ।

आज सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको संभावना छ ।

त्यस्तै राति पनि पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहि दिनयता देशैभरी भइरहेको हिमपात र वर्षाका कारण चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

आज काठमाडौंको न्यूनतम् तापक्रम ७.६ र अधिकतम तापक्रम १३.४ मापन गरिएको छ भने जुम्लाको न्यूनतम् तापक्रम १.४ र अधिकतम् ९.५ रहेको छ ।

यस्तो छ अन्य जिल्लाको विवरण

Observations2022-01-20 17:45 NPT

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 16.7 7.9 0.9
Dadeldhura 6.5 4.4 1.5
Dhangadi 16.0 10.4 Traces
Birendranagar 15.7 8.8 1.3
Nepalgunj 14.0 6.8 2.0
Jumla 9.5 1.4 Traces
Ghorahi 14.5 7.7 0.8
Pokhara 16.7 11.6 Traces
Bhairahawa 18.5 8.0 0.4
Simara 15.0 10.5 0.0
Kathmandu 13.4 7.6 0.2
Okhaldhunga 13.0 6.6 0.0
Taplejung 14.6 5.7 Traces
Dhankuta 18.3 8.5 0.0
Biratnagar 18.6 10.2 0.0
Jomsom 8.0 0.0 0.0*
Dharan 18.0 9.5 0.0*
Lumle 10.0 6.3 0.0*
Jankapur 16.4 9.5 0.0*
Jiri 9.9 4.6 0.7*
* Daily rainfall data ending at 08:45 AM NPT

वि.सं.२०७८ माघ ७ शुक्रवार ०८:४२ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...