काठमाडौं । सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको ईच्छाकामना गा.पा. ६ नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला भन्ने स्थानमा माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अरुद्ध भएको हो ।
२ वटा जेसिवि प्रयोग गरेर उक्त सुख्खा पहिरो हटाउने काम भइरहेकोले सम्पूर्ण सवारी चालहरु लेन अनुसार बसिदिन समेत प्रहरीले अनुरोध गरेको छ । file photo
वि.सं.२०७८ माघ ७ शुक्रवार ०८:२६ मा प्रकाशित






























