काठमाडौं । निर्वाचन आयोगले तीनवटा दलको दर्ता खारेजी गरेको छ ।
आयोगले एक सूचना जराी गर्दै लेखा परीक्षण प्रतिवेदन नबुझाउने नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामक तीनवटा दलको खारेजी गरेको छ ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ बमोजिम लेखा परीक्षण नबुझाउने दलहरुलाई २० हजार जरिवाना र सो जरिवाना ३० दिनभित्र बुझाउन साउन २० गतेको गोरखापत्रमा सूचना प्रकाशन गरिएकोमा उक्त सूचना बमोजिम जरिवाना नबुझाएको भन्दै दलहरु आयोगको मिति २०७८/९/३० गतेको निर्णयानुसार दर्ता खारेज गरिएको सूचना जारी गरेको छ ।
वि.सं.२०७८ माघ ७ शुक्रवार ०८:१२ मा प्रकाशित






























