
काठमाडाैं । काेराेना महामारीकाे बीच पनि वाणिज्य बैंकहरूले अत्याधिक मुनाफा कमाएका छन् । २७ वाणिज्य बैंकमध्ये २३ वाणिज्य बैंककाे सार्वजनिक विवरणमा यस्ताे देखिएकाे हाे ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणलाई औसत आधार मान्दा वाणिज्य बैंकको नाफा गत वर्षको भन्दा ११ प्रतिशतले बढेको छ । वित्तीय विवरण सार्वजनिक गरेका २३ वटा वाणिज्य बैंकले करिब ३० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक देखिएको छ भने सबैभन्दा नाफा कम गर्नेमा सिभिल बैंक छ । ठुला मानिएका एनआईसी एशिया र नबिलकाे पनि नाफा निकै राम्राे देखिन्छ ।
कुन बैंकले कति नाफा कमाए ?
ग्लोबल आईएमई बैंक : २ अर्ब ६६ करोड
एनआईसी एशिया : २ अर्ब ४० करोड
नबिल बैंक : २ अर्ब १८ करोड
राष्ट्रिय वाणिज्य : १ अर्ब ९१ करोड
प्राइम : १ अर्ब ६७ करोड
नेपाल इन्भेस्टमेन्ट : १ अर्ब ६२ करोड
सिद्धार्थ : १ अर्ब ५७ करोड
कृषि विकास : १अर्ब ४२ करोड
मेगा : १ अर्ब ३९ करोड
प्रभु : १ अर्ब २६ करोड
सिटिजन्स : १ अर्ब २३ करोड
स्ट्यान्डर्ड चार्टर्ड : १ अर्ब ८ करोड
सानिमा : १ अर्ब ७ करोड
माछापुच्छ्रे : १ अर्ब १ करोड
कुमारी : ९५ करोड
एनसीसी : ९० करोड
एभरेस्ट : ८३ करोड
नेपाल बंगलादेश : ८१ करोड
लक्ष्मी : ८१ करोड
नेपाल एसबीआई : ७८ करोड
सेञ्चुरी : ७२ करोड
बैंक अफ काठमाण्डू : ७१ करोड
सिभिल : ५० करोड