back
CTIZAN AD

‘गौर नरसंहार’ गराएर हत्या गर्ने खुला धम्की दिँदा पनि प्रधानमन्त्रीको मौनता विडम्वनापूर्ण’

वि.सं.२०७८ माघ ७ शुक्रवार

582 

shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको अभिव्यक्तिप्रति एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।

उपमहासचिव ज्ञवालीले शान्तिपूर्ण शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ’गौर नरसंहार’ गराएर हत्या गर्ने खुला धम्की दिनु आपत्तिजनक रहेको बताउँदै यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीको मौनता झन विडम्वनापूर्ण रहेको बताएका छन् ।

‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ’गौर नरसंहार’ गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ, यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ । अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस् !’ नेता ज्ञवालीले सामाजिक संजालमा लेखेका छन् ।

मन्त्री यादवले बुधबार मधेश बलिदान दिवसका अवसरमा रौतहटको गौरमा आयोजित एक कार्यक्रममा मधेशमा हाल आन्दोलनरत सिके राउतप्रति लक्षित गर्दै राउत लक्षीत हिंसात्मक अभिव्यक्ति दिएपछि उनको चौतर्फि आलोचना भएको छ ।

अभिव्यक्तिले फसादमा परिन मन्त्री रेणु यादव, नागरिक समाजले पनि गर्‍याे पदमुक्त गर्न माग

वि.सं.२०७८ माघ ७ शुक्रवार १४:२८ मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...