back
CTIZAN AD

सात वर्षदेखि काठमाडौंमै श्रेष्ठले यसरी बेच्दै आएका थिए चिनीको मह (तस्बिरसहित)

वि.सं.२०७८ माघ ७ शुक्रवार

840 

shares

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति पक्राउ परेका छन् ।

उपभोक्तामाथि लामो समयदेखि चरम खेलवाड गर्दै आएका सिन्धुपाल्चोक इन्द्रावती घर भई काठमाडौंको ज्याँठामा बस्दै आएका नरेश भन्ने नरबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।

May be an image of 8 people and outdoors

श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि आफ्नी श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई स्पर्स हनी नामको लेबल टाँसेर बिक्री बितरण गर्ने गरेको आरोपमा प्रहरीले बुधवार पक्राउ गरेको हो ।

श्रेष्ठले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्दै आएका थिए ।

May be an image of 2 people and outdoors

गोप्य सुचनाका आधारमा खटिएको प्रहरीले श्रेष्ठलाई विभिन्न मिसावट गरी मह बनाईरहेको अवस्थामा मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी. ) तयारी तथा कच्चा मह समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

May be an image of 1 person

श्रेष्ठले मह बनाउनका लागि दाङ, नवलपरासी र चितवनबाट कच्चा पदार्थ खरिद गरी गुणस्तरहिन मह बनाई प्रति के.जी. रु. ६५० मा बिक्री बितरण गर्दै आएको प्रहरीले जनाएको छ । उनले ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी मह बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

May be an image of 1 person

उक्त महलाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागमा परीक्षण गर्दा सरकारले तोकेको मापदण्ड अनुसार नरहेको तथा मह खान योग्य नरहेको पाइएको थियो ।

महानगरीय अपराध महाशाखाले काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एबं गुणस्तरहिन मह बिक्री बितरण भै रहेको पाईएकोले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुमा अपिल समेत गरेको छ ।

 

 

वि.सं.२०७८ माघ ७ शुक्रवार १५:५६ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...