back
CTIZAN AD

बाह्र लाख जरिवाना तोकिएका फरार व्यक्ति जेल चलान

वि.सं.२०७८ माघ ७ शुक्रवार

678 

shares

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका फरार एक व्यक्ति आज जेल चलान भएका छन् । जेल चलान हुनेमा दोलखा घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ बस्ने जीतेन्द्रबहादुर रिजाल रहेका छन् । उनलाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले आजै कारागार चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानकारी हुँदा हुँदै जाहेरवालालाई झुक्यान बैंकको चेक काटी दिएकामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको हो ।

उनलाई विसं २०७६ मा उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम दुई दिन कैद र रु बाह्र लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका रिजाललाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो ।

 

वि.सं.२०७८ माघ ७ शुक्रवार १६:४७ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...

दुई जनाको मृत्यु

दुई जनाको मृत्यु

बागमती । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको...