back

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्धारा मन्त्री यादवलाई पदमुक्त गर्न माग

वि.सं.२०७८ माघ ८ शनिवार

141 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माद्धारा मन्त्री रेणुयादवलाई पदमुक्त गर्न माग गरेका छन् ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा बसेका महामन्त्री शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति गैरजिम्मेवार अभिव्यक्ति भएको भन्दै तीन विकल्प अघि सारेका छन् ।

महामन्त्री शर्माले मन्त्रीको गैह्रजिम्मेवार अभिव्यक्तिको उपचार गर्नुपर्ने, मन्त्री यादवले आफ्नो भुलसुधार र क्षमा याचना गर्नुपर्ने, सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा तथा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने विकल्प अघि सारेका हुन् ।

‘मन्त्रीको गैह्रजिम्मेवार अभिव्यक्ति उपचार देखि प्रधानमन्त्रीद्धारा यादवको राजीस्नामा मागिनुपर्ने लगायतका विकल्प अघि सारेका हुन् ।

शर्माले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढि जिम्मेवार हुनैपर्ने बताउँदै हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट भएपनि स्वीकार्य नहुने बताएका छन् । ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न !’ महामन्त्री शर्माले सामाजिक संजाल ट्विटरमा लेखेका छन् ।

 

 

वि.सं.२०७८ माघ ८ शनिवार १०:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...