back
CTIZAN AD

आज एकैदिन कोरोनाबाट १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित

वि.सं.२०७८ माघ ८ शनिवार

636 

shares

काठमाडौं । नेपालमा आज एकैदिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमित ह्वात्तै बढेपनि मृत्यु दर कम रहेको थियो । तर, शनिवार यो संख्या ह्वात्तै बढेको हो ।

आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २० हजार १८७ नमु्ना परीक्षणमा १० हजार ३५४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा ११२०, जनासँगै ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका १० हजार २५४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख १५ हजार ५८१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७०८ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ७१ हजार २६१ र १,६०१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये २१० जना आइसीयु र ३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १ लाख ९६ हजार ८५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यो सँगै नेपालमा हालसम्म खोप लगाउनेको संख्या २ करोड ९१ लाख ४३ हजार ८१६ पुगेको छ ।

आज १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

वि.सं.२०७८ माघ ८ शनिवार १७:०१ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...