काठमाडौं । नेपालमा आज १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २३ हजार ९२ नमु्ना परीक्षणमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो । बिहीवारको तुलनामा आज कोरोना संक्रमितको संख्या घटेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७, जनासँगै ५ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीवारको तुलनामा उपत्यकामा शुक्रवार संक्रमित हुनेको संख्या झण्डै २ हजारले कमि आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका १० हजार ७०३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ५ हजार ३२७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ७६६ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७६६ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १९ हजार ५७५ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।
मन्त्रालयको विवरण अनुसार हाल ६५ हजार ३७४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६३ हजार ७३४ जना र १,६४० जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये १९४ जना आइसीयु र ३५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३ लाख ७ हजार ४०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यो सँगै नेपालमा हालसम्म खोप लगाउनेको संख्या २ करोड ८९ लाख ९७ हजार १६६ पुगेको छ ।
जसमा पहिलो मात्रा १ करोड ६२ लाख, ३७९ हजार ५२३ र दुवै मात्रा खोप लगाउनेको संख्या १ करोड २७ लाख ४६ हजार ५८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
वि.सं.२०७८ माघ ७ शुक्रवार १६:५४ मा प्रकाशित





























