back
CTIZAN AD

पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

वि.सं.२०७८ माघ ६ बिहीवार

771 

shares

काठमाडौं । नेपालमा आज १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको २७ हजार ४९७ नमु्ना परीक्षणमा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन संक्रमण पुष्टि हुनेको यो संख्या हालसम्मकै बढी हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३०, जनासँगै ६,९८१ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका १२ हजार ३३८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९४ हजार ६२८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६४९ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६४९ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार हाल ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५५ हजार ८३६ जना र १,४९२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये १८६ जना आइसीयु र २७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २ लाख ३४ हजार २१४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यो सँगै नेपालमा हालसम्म खोप लगाउनेको संख्या २ करोड ८७ लाख ३३ हजार ८३ पुगेको छ ।

जसमा पहिलो मात्रा १ करोड ६१ लाख, १० हजार ५२३ र दुवै मात्रा खोप लगाउनेको संख्या १ करोड २५ लाख ७९ हजार २४२ पुगेको छ ।

नेपालमा आज ११ हजार ३५२ जनामा कोरोना संक्रमण, उपत्यकामै ६,३४३ संक्रमित

वि.सं.२०७८ माघ ६ बिहीवार १७:३४ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...