back
CTIZAN AD

नेपालमा आज ११ हजार ३५२ जनामा कोरोना संक्रमण, उपत्यकामै ६,३४३ संक्रमित

वि.सं.२०७८ माघ ५ बुधवार

696 

shares

काठमाडौं । नेपालमा आज ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको २३ हजार ४०९ नमु्ना परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन संक्रमण पुष्टि हुनेको यो संख्या हालसम्मकै बढी हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ४,६६६, भक्तपुरमा ५७८ र ललितपुरमा १०१९, जनासँगै ६,३४३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ६,७३४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८२ हजार २९० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५६२ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १८ हजार १०९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार हाल ४७ हजार ९२९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४६ हजार ५१५ जना र १,४१४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये १६९ जना आइसीयु र २८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण, काठमाडौंमै ४ हजार बढी

वि.सं.२०७८ माघ ५ बुधवार १६:४५ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...