back
CTIZAN AD

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण, काठमाडौंमै ४ हजार बढी

वि.सं.२०७८ माघ ४ मंगलवार

831 

shares

काठमाडौं । नेपालमा आज १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको २२ हजार ८२८ नमु्ना परीक्षणमा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ४००४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जनासँगै ५५४९ जनामा संक्रमण पुष्टि भएको हो । सोमवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको यो संख्या १६ सयले बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ६,७३४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७० हजार ९३८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५६२ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५६२ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार हाल ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३७ हजार ८२६ जना र १२१८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये १५१ जना आइसीयु र २८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म २ करोड ८३ लाख २२ हजार ८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये १ करोड ५९ लाख ६७ हजार ३८० जनाले पहिलो मात्रा र १ करोड २३ लाख ४७ हजार ३०४ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज एकैदिन थपिए कोरोनाका ६,७३४ संक्रमित, काठमाडौमै २९४३ संक्रमित

 

वि.सं.२०७८ माघ ४ मंगलवार १६:२८ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...