काठमाडौं। सर्वोच्च अदालतले सेवा कटौती गरेको छ । सर्वोच्चले भोलिदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने भएको हो ।
सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिने भएको छ ।
भोलिदेखि बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।
सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेसँगै रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाई गर्न थालेको छ । सरकारकाले कोरोना नियन्त्रणसँग सम्बन्धीत मापदण्डलाई कडाई गरिरहेका बेला सर्वोच्चले सेवा कटौतीको निर्णय लिएको हो ।
वि.सं.२०७८ माघ ४ मंगलवार १६:२९ मा प्रकाशित






























