back
CTIZAN AD

आज माघ ७ गते शुक्रवार, राशिफल हेरेर गर्नुहोस् तपाईको दिनको सुरुवात !

वि.सं.२०७८ माघ ७ शुक्रवार

672 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततः आफैंलाई फाइदा हुनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट भने सावधान रहनुहोला।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। तर बलजफ्ती गर्ने बानीले महत्त्वाकांक्षी काममा बाधा हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
फाइदा उठाउन प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्नेछ। वादविवादले समस्या निम्त्याउने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्नेछ। नियमित काम सम्पादन भए पनि नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुहोला। ईर्ष्या गर्नेहरूले बिनाकारण सताउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि नियमित काममै अल्झिनाले पछि परिनेछ। आगन्तुकले पनि व्यर्थैमा अलमल्याउन सक्छन्। रमाइलो जमघट एवं भोजभतेरको अवसर भने प्राप्त हुनेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। अवरोधको समय रहेकाले नयाँ काम थाल्न हतार नगर्नुहोला। समयमा सजग नहुँदा तत्कालै फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत सम्पादन हुन सक्छ। पहिले प्रतिस्पर्धा गर्नेहरूले पनि साथ दिनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। मिहिनेतले आम्दानी बढाउनेछ। दिन उत्साहवर्द्धक रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। व्यवसायमा फाइदा हुनेछ। स्वार्थमा लाग्नाले सामाजिक प्रतिष्ठामा भने समस्या आउन सक्छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिसँग निकटता बढ्नेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। समयमै सावधान हुँदा क्षति कम हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला। सोखले फजुल खर्च बढाउन सक्छ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। ईर्ष्या गर्नेहरूले भने निकै सताउन सक्छन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। सामान्य भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

२०७८ माघ ७ गते, शुक्रवार, (२१ जनवरी २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज बिहीवारको राशिफल भन्छ-आज यी पाँच राशिकाले दिनुपर्नेछ विशेष ध्यान

वि.सं.२०७८ माघ ७ शुक्रवार ०७:४१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...