Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान भन्छन् – एकैपटक सबै चुनाव गर्दा मात्रै समस्याहरु ‘राफसाफ’ हुन्छन्



नेपाली राजनीति पुनः निर्वाचनको विषयले तात्तिएको छ । सत्ता गठबन्धनभित्र तीन तहको निर्वाचन एकै पटक गर्ने कि तीन चरणमै गर्ने भन्ने बहस देखिएको छ । साथै गठबन्धनभित्र पहिला संसद र पछि स्थानीय तहको निर्वाचन गर्ने विषय पनि आएको छ । कांग्रेस कहिले कुन निर्वाचन गर्ने भन्ने विषयमा स्पष्ट नभए पनि अन्य दलहरु कि तीनै तहको निर्वाचन एकै पटक गर्ने, कि संसदीय निर्वाचन पहिला गर्ने भन्ने विकल्पमा देखिएका छन् ।

संसार न्यूज अनलाइनकी संवाददाता टिका कुरुम्बाङले निर्वाचनबारे छेडिएको बहसमा पूर्वमहान्यायाधिवक्ता समेत रहेका माओवादी निकटका वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसँग कानूनी जटिलतासँगै राजनीतिक उत्तर खोज्ने प्रयास गरेकी छिन् । वरिष्ठ अधिवक्ता प्रधानसँग कुरुम्बाङले गरेको कुराकानीको सम्पादित अंश :

संविधानतः वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने छ । तर, अहिले सत्तारुढ गठबन्धनभित्र वैशाखमा स्थानीय तहको होइन संसदीय निर्वाचनको कुरा उठेको छ । के कानूनी हिसाबले यो विषय सही हो ?

संविधानमा जे–जे लेखिएको छ त्यहि त्यहि हुन्छ । तथापी राजनीतिक ढंगले संविधानलाई हेर्ने हो भने मुलुकमा संसद दुई/दुई पटक विघटन भयो । विघटन गर्ने प्रवृत्तिको पार्टी अहिले प्रतिपक्षमा छ । अहिले आएर उहाँहरु संसद विघटनलाई पुष्टी गर्ने ध्याउन्नमा मात्रै हुनुहुन्छ । अवरोध सिर्जना गरेर संसद विघटन गराउने खेल खेलिरहनु भएको छ । उहाँहरुले संसदीय व्यवस्थाअन्तर्गत प्रतिपक्षीको भूमिका निर्वाह गर्नुभएको छैन् । हिजो सत्तामा रहँदा पनि संवैधानिक भूमिका निर्वाह गर्नु भएन, अहिले पनि उहाँहरु प्रतिपक्षी बन्न सक्नु भएन । उहाँहरु जसरी पनि संसदलाई निष्क्रिय बनाउने लाइनमा हुनुहुन्छ, उहाँहरुको कारण संसदले केही पनि काम गर्न नसक्ने अवस्था बनेको छ, त्यसकारणले यसको निदान खोज्नुको विकल्प छैन् । त्यसको निदान राजनीतिक विधिबाटै गर्ने कुरा हुन्छ । संवैधानिक विधिबाट एकैपटक सबै चुनाव गर्दा समस्याहरु राफसाफ हुन्छन् ।

उहाँहरु जसरी पनि संसदलाई निष्क्रिय बनाउने लाइनमा हुनुहुन्छ, उहाँहरुको कारण संसदले केही पनि काम गर्न नसक्ने अवस्था बनेको छ, त्यसकारणले यसको निदान खोज्नुको विकल्प छैन् । त्यसको निदान राजनीतिक विधिबाटै गर्ने कुरा हुन्छ । संवैधानिक विधिबाट एकैपटक सबै चुनाव गर्दा समस्याहरु राफसाफ हुन्छन् ।

उहाँहरु कि त इलेक्सनमा आउनु पर्छ कि त इलेक्सन छोडेर जानुपर्छ । त्यसकारण यो विषय छलफलमा आएको हो । एकै पटक गर्दा के बिग्रियो ? संसद चलाउन नदिने प्रवृत्तिले संसदीय निर्वाचन अगाडि गरौं, स्थानीय निर्वाचन पछि गरौं भन्ने हुन्न । यसमा सरकारको कुरा हो । सरकारले मिति तोक्न सक्छ ।

कसरी सम्भव छ, अर्ली इलेक्सन ? अर्ली इलेक्सनबारे संविधानमा के छ व्यवस्था ?

संसदमा त सरकारको भूमिका देखिन पाउनुपर्छ । संसदमा हरेक कुरा प्रस्तुत गरेर छलफल गरेर पारित गर्नुपर्ने हुन्छ । ऐन, अध्यादेश र विधेयकहरु जति पनि पारित गर्नुपर्ने छ त्यो पारित गर्ने हुनुपर्यो । त्यो कुरामा पुरै अवरोध सिर्जना गरेर भूमिका बिहिन बनाउने खेल गरियो । हिजो पटक–पटक संसद विघटन गराउने प्रवृत्ति त्यहाँ देखा पर्यो । त्यो गत पुस ५ गतेदेखि नै निरन्तर चलिरहेको छ । संसद भनेको त लोकतन्त्रको मेन फक्सन गर्ने ठाउँ हो, आज एमालेले त्यसलाई नै निस्क्रिय बनाएर राखेको अवस्था छ । त्यसकारण यसको निकासका लागि पनि निर्वाचन त हुनैपर्छ । निर्वाचन एकै चोटी गर्दा खेरि राष्ट्रको हितमा छ । मितव्यायी छ । कम खर्चमा जान्छ । यी सबै लकहरु फुकुवा हुन्छ । देश अगाडि बढ्छ । त्यसकारण राजनीति गर्नेले यो सोंच्नै पर्छ ।

अराजकता फैलाउनेको विषयलाई यहाँ महत्व दिन आवश्यक छैन । यदि राजनीति गर्ने सोंच्ने हो, एकै पटक गरेर जाऔं भन्ने सोंच्नुपर्यो, होइन भने आफुँ सत्तामा हुँदा सबै विघटन गर्ने, आफुँ सत्तामा हुँदा संसदलाई चल्न नदिने, यो त राज्यलाई नै विघटनमा लैजान खोज्ने प्रवृत्ति भएन न र ? त्यसकारणले यो विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो । समस्या राजनीतिक छ भने त्यसको समाधान राजनीतिक ढंगबाटै हुनुपर्छ भन्ने हो ।

हिजो पटक–पटक संसद विघटन गराउने प्रवृत्ति त्यहाँ देखा पर्यो । त्यो गत पुस ५ गतेदेखि नै निरन्तर चलिरहेको छ । संसद भनेको त लोकतन्त्रको मेन फक्सन गर्ने ठाउँ हो, आज एमालेले त्यसलाई नै निस्क्रिय बनाएर राखेको अवस्था छ । त्यसकारण यसको निकासका लागि पनि निर्वाचन त हुनैपर्छ । निर्वाचन एकै चोटी गर्दा खेरि राष्ट्रको हितमा छ । मितव्यायी छ । कम खर्चमा जान्छ । यी सबै लकहरु फुकुवा हुन्छ । देश अगाडि बढ्छ । त्यसकारण राजनीति गर्नेले यो सोंच्नै पर्छ ।

हिजो अर्ली इलेक्सन संविधान बाहिर भयो भन्दै विरोध गर्ने तपार्ईँहरु आज सत्ता गठबन्धनभित्र अर्लि इलेक्सनको कुरा आउँदा स्वागत गर्न मिल्छ ?

चुनाव गर्नुपर्छ । चुनाव नगरीकन देशलाई त्यत्तिकै राख्नै मिल्दैन । नत्र यो देश नै थप अस्थिरतामा जाने मात्रै अवस्था रहन्छ । राज्यका सबै अंगले आफ्नो काम निर्वाध रुपमा गर्न पाउने अवस्था हुनुपर्यो नि । राज्य कुनै एउटा अमुक राजनीतिक पार्टीको स्वार्थमा केन्द्रित भएर अनिर्णयको बन्दी भएर बस्न त सक्दैन न नि !

हाम्रो पार्टीले ठिक समयमा ठिक ढंगले निर्णय गरेको छ । हिजो शेरबहादुर देउवाकै नेतृत्वमा निर्वाचन भयो । सत्तामा हुँदा एउटा कुरा, सत्ता बाहिर आउँदा अर्को कुरा गर्ने गरेका छैनौं । हामीले राष्ट्र र जनताको पक्ष जे हुन्छ त्यहि बोलेका छौं । हिजो पनि हामीले तीन वटै चुनाव एकै पटक गरौं भनेका थियौं । तर, तत्कालिन सरकारले जे–जसरी ग¥यो त्यसलाई हामीले स्वीकार ग¥यौं । राजनीतिमा जनता र राष्ट्रको भावनालाई जहाँ सम्मान हुन्छ त्यो त हुन्छ नै ।

हिजो ओलीले माओवादीलगायतलाई किनारा लगाउन अर्ली इलेक्सनको योजना बनाए, आज प्रचण्डलगायतले ओलीलाई किनारा लगाउन अर्ली इलेक्सनको योजना बनाउँदैछन् । मुलुक त दाउपेचको राजनीतिमै सकिने भो भन्ने चिन्ता छ, चुनावको कुरा पनि दाउपेचमै देखिन्छ, के भन्नुहुन्छ ?

हिजो ओलीलाई किनारा लगाउने गरी हामीले कुनै पनि किसिमको गठबन्धन गरेका थिएनौं । आज पनि त्यो सोंचेका छैनौं । ओलीले दुई–दुई पटक संसदको हत्या गरेकै हो । संसदलाई बचाउन हामीले अरु पार्टीसँग सहकार्य गरेकै हो । सर्वोच्चले ओलीको दुवै कदम असंवैधानिक भनेको अवस्थामा हामीले होइन आफैं किनारा लाग्दै लाग्दै गरेका हुन् । ओली वास्तवमै नेपाली राजनीतिलाई हेर्दा लोकतन्त्रको पक्षमा देखिन्नन् । उनी लोकतन्त्र, वर्तमान संविधान र कानूनको पक्षमा छैनन् । उनमा जुन एकाधिकारवादी इच्छा छ, त्यसलाई कसैले समर्थन गर्ने अवस्था छैन् ।

ओलीकाे  इच्छाले तत्कालिन नेकपा, एमाले चकनाचुर भएको हो । प्रदेश र संघका सरकार उनकै गलत इच्छामै सकिएको हो । उनले सरकारबाटै मात्रै हात धोएका होइनन् पार्टी नै विभाजन गराएका थिए । उनको प्रत्येक कदम निरंकुश र लोकतन्त्रको खिलापमा छन् ।

ओलीकाे  इच्छाले तत्कालिन नेकपा, एमाले चकनाचुर भएको हो । प्रदेश र संघका सरकार उनकै गलत इच्छामै सकिएको हो । उनले सरकारबाटै मात्रै हात धोएका होइनन् पार्टी नै विभाजन गराएका थिए । उनको प्रत्येक कदम निरंकुश र लोकतन्त्रको खिलापमा छन् ।

म प्रत्येक एमालेका साथीहरुलाई भन्छु, अहिले हामीले लिएको एजेण्डा तपाईँहरुलाई सकाउन लिएको होइन् । सकारात्मक रुपमा छलफल गरौं । अहिलेको अवस्थाले देशलाई कतै लैजादैंन । यसको निकास खोज्नै पर्छ । माओवादी केन्द्रले जे प्रस्ताव ल्याए पनि उहाँहरुमा निकै उल्टो बुझ्ने अवस्था छ । यो सच्याउनुको विकल्प छैन् । हामीले सुझबुझ पूर्णं रुपमा यो निर्णय लिएका हौं । मुलुकको हितको लागि हामीले तीन वटै निर्वाचन एकै पटक गरौं भनेका हौं । उहाँहरुले देखाएको आशंका स्वभाविक छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुगु संसार न्यूज । स्थानीय तह निर्बाचनमा मुुगुका धेरै स्थान जित्नेमा पहिलो पार्टी बनेको

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई