
९ माघ, काठमाडौँ । क्विनटन डिककले भारत विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा सतक जडेका छन । उनले १०८ बलमा आफ्नो सतक पुरा गरेका हुन । त्यसक्रममा उनले ८ चौका र २ छक्का प्रहार गरेका छन । डिककको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सत्रौँ सतक हो ।
तेस्रो एकदिवसीयमा टस हारेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले ३१ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको छ । दक्षिण अफ्रिकाका लागि अहिले क्विनटन डिकक १०२ रनमा ब्याटिङ्ग गरिरहेका छन भने रस्सी भान डेर डुसेन ४० रनमा ब्याटिङ्ग गरिरहेका छन ।