काठमाडौं । बहु प्रतिभाका धनी धिरेन लामाको स्वरमा नयाँ गीत “तिमीसँग माया” सार्वजनिक भएको छ । उनको आफ्नै शब्द, संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो । पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाईएको यस गीतको एरेञ्ज अमृत ल्वागुनले गरेका छन् भने डिका गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
गीतको भिडियोमा पुष्प खड्का र स्मारिका दाहालको अभिनय रहेको छ भने निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा बुद्ध थापाको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ ।
गीतकार, संगीतकार तथा गायक समेत रहेका लामाले आफूले सबै उमेर समूहका दर्शक तथा श्रोताको भावना बुझेर यो गीत बनाएको बताए । दर्शक श्रोतालाई यस गीतलाई साथ दिनेमा आफू ढुक्क रहेको उनको भनाई छ ।
भिडियो:
वि.सं.२०७८ माघ ९ आइतवार १६:२० मा प्रकाशित






























