back
CTIZAN AD

यी हुन २०२२ को आईपिएल अक्सनमा नाम दर्ता नगराएका ५ दिग्गज खेलाडी

वि.सं.२०७८ माघ ९ आइतवार

630 

shares

९ माघ, काठमाडौँ । २०२२ को आईपिएलको मेघा अक्सनका लागि विभिन्न देशबाट १२ सय १४ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन । जसमा ८९६ भारतीय खेलाडी रहेका छन भने ३१८ विदेशी खेलाडी गरेका छन ।

२०२२ को आईपिएलको मेघा अक्सन फेब्रुअरी १२ र १३ मा हुदैँछ । १२ सय १४ खेलाडीले अक्सनका लागि आफ्नो नाम गर्दा गराउदाँ यी ५ दिग्गज खेलाडीले भने २०२२ को आईपिएल अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छैनन् ।

१. क्रिस गेल
वेस्टइंडिज क्रिकेट टिमका विस्फोट ब्याट्सम्यान क्र्रिस गेलले २०२२ को आईपिएल अक्सनमा आफ्ना नाम दर्ता गराएका छैनन् । गत सिजन पंजाब किंग्समा आवद्ध रहेका गेलले अक्सन अघि आफ्नो नाम फिर्ता लिएका हुन । गेलले आईपिएलमा १४२ खेल खेलेका छन । त्यसक्रममा उनले ४९६५ रन बनाएका छन । उनी आईपिएलमा सर्वाधिक सतक प्रहार गर्ने खेलाडी समेत हुन । उनले आईपिएलमा ६ सतक र ३१ अर्धसतक प्रहार गरेका छन ।

२. बेन स्टोक्स
इंल्याण्ड क्रिकेट टिमका अलराउण्डर बेन स्टोक्सले पनि २०२२ को आईपिएल अक्सनमा आफ्ना नाम दर्ता गराएका छैनन् । उनले न्यूजिल्याण्ड विरुद्धको टेस्ट श्रृखलाको तयारी गर्नका लागि आईपिएल अक्सनबाट आफ्नो नाम फिर्ता लिएका हुन । त्यहीँ श्रृखलाको तयारीका लागि उनी इंल्याण्ड घरेलु प्रतियोगिता काउंटी च्यामपियनसिप खेल्ने छन । वने स्टोक्सले आईपिएलमा ४३ खेलबाट ९६० रन बनाएका थिए । त्यसक्रममा उनले २ सतक र २ अर्धसतक समेत प्रहार गरेका थिए ।

३. जो रुट
इंल्याण्ड टेस्ट क्रिकेट टिमका कप्तान जो रुटले पनि अक्सनमा आफ्नो नाम दर्ता गराएका छैनन् । उनले पनि न्यूजिल्याण्ड विरुद्धको टेस्ट श्रृखलाको तयारी गर्नका लागि आईपिएल अक्सनमा आफ्नो नाम दर्ता नगराएका हुन ।

४ .जोफ्रा आर्चर
इंल्याण्ड क्रिकेट टिमका फास्ट बलर जोफ्रा आर्चरले पनि यस पटक आईपिएल अक्सनमा आफ्नो नाम दर्ता गराएका छैनन् । केहि समय देखि चोटिल रहेको कारणले गर्दा आर्चरले आईपिएल अक्सनमा नाम दर्ता नगराएका हनु । आर्चर आईपिएलमा ३५ खेल खेलेका छन जसमा उनले ब्याटिङ्गमा १९५ रन बनाएका छन भने बलिङ्गमा ४६ विकेट लिएका छन ।

५. मिचल स्टार्क
अष्ट्रेलियन क्रिकेट टिमका फास्ट बलर मिचल स्टार्कले यस पटक पनि आईपिएल अक्सनमा आफ्नो नाम दर्ता गराएका छैनन् । उनले यस पटक अष्ट्रेलियामा हुने टि २० विश्वकपको तयारी गर्नका लागि आईपिएल अक्सनमा आफ्ना नाम दर्ता नगरेको बताएका छन । उनले अन्तिम पटक २०१५ मा रोयल च्यालेन्जर्स बेङ्गलोरबाट खेलेका थिए ।

वि.सं.२०७८ माघ ९ आइतवार १६:१६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...