back
CTIZAN AD

गोर्खा मेमोरियल ट्रष्ट युकेद्धारा वागलुङको एक विद्यालयलाई १६ लाख रुपैयाँ सहयोग

वि.सं.२०७८ माघ ९ आइतवार

636 

shares

ओम थापा काउचा,बेलायत । गोर्खा मेमोरियल ट्रष्ट युकेले नेपालको शिक्षा सुधारका लागि एक विद्यालयलाई १६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रथम गोर्खा भि सी कुलबिर थापा मगरको जन्म गाउँ साविक दर्लिड गाबिस वडा न ९ हालको निगलापानी बडिगाड गाउँपालिका वडा न १० मा रहेको श्री भानु आधारभुत बिधालयका लागि उक्त रकम सहयोग गरिएको हो ।

बेलायतको एक च्यारेटी सस्था CAIRN (Child Aid In Rural Nepal) संग सहकार्य गर्दै उक्त विद्यालयको आधारभुत सुधारको निम्ती झण्डै १६ लाख बराबरको सहयोग रकम जनवरी २० का दिन चेक हस्तान्तरण गरिएको हो ।

ट्रष्ट्रका प्रमुंख सयोजक के.रि. गेयारी घलेद्धारा अलडरस्ट स्थित पृन्चेसगाडेन जहा प्रथम गोर्खा भिसी कुलबिर थापा मगरको सालिक भएकै स्थानमा संस्थाका सयोजक आनी ग्रेफिटस, ८६ बर्षीय ज्याक केनी र उनको छोरा जासनलाई हस्तान्तरण गरेका हुन् ।

May be an image of 4 people, people standing, monument and outdoors

स्कुलमा पुस्तकालय, अनलाइन कलासको निम्ती सामाग्री, कम्प्युटर, प्रोजेक्टर लगायतका भौतिक सामग्रीका लागि उक्त रकम हस्तान्तरण गरिएको बताइएको छ ।

त्यसैगरी टष्ट्रले भविष्यमा प्रथम गोर्खा भि सी थापाको सालिकलाई सम्मानपूर्वक रशमोर काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीसंग सहकार्य गर्दै भुपू गोर्खा परिवारलाई मध्यनजर गर्दै बर्षको एकपटक पुर्खादिवस या रिमेम्वर डे कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

यसका लागि गोर्खा परिवारसंग सहकार्य गर्ने र उक्त पार्कलाई भिसी पार्क नामाकारणका निम्ती पहल गर्ने तथा सालिकलाई सुरक्षित गर्दै थप संरचनाको विकास गर्नका लागि ईमानदार र बफादार गोर्खा परिवारलाई माया गर्ने दाता संग सहयोग जुटाउन पहल गरिने बताइएको छ ।

मुख्यत नेपालमा भुपूगोर्खा भएका स्थान तथा अन्य ठाउँमा शिक्षा, स्वास्थ्य,असहाय जस्ता बिगत दुर्गम ठाउहरूमा आर्थिक संकलन गरेर सहयोग गर्ने उद्धेश्यका साथ ट्रष्ट स्थापना गरिएको बताइएको छ ।

उक्त ट्रष्टको प्रमुख सयोजक के री ग्यारी घले र अन्य टष्ट्रीहरूमा मे रि खिम गौचन, ओम थापा काउचा, रामधन राई, टोप पल्ली, के रि ताम ढेगा, श्रीमती हेमा राना, माया के सी र मान गुरूड रहेका छन् ।

वि.सं.२०७८ माघ ९ आइतवार १५:४२ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...