back

सिटामोल अभाव भएपछि औषधि पसलमा अनुगमन, प्रतिष्ठानको फार्मेसीमा समेत सिटामोल र डिकोल्डको अभाव

वि.सं.२०७८ माघ ९ आइतवार

333 

shares
NTC AD
Global IME AD

खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ । देशभर कोरोना सङ्क्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ ।

जिल्लामा पनि सिटामोल अभाव भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले स्थानीय मेडिकल तथा फार्मेसीमा अनुगमन गर्दा २६ हजार ट्याब्लेट सिटामोल भेटिएको सहायक प्रजिअ रिजालले बताए ।

जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा दुई हजार ५०० ट्याब्लेट मौज्दात छ । स्टोर प्रमुख हरि बुढाले भने, “१५ हजार ट्याब्लेट यहाँका आठवटै स्थानीय तहमा पठाएका छौँ ।” जुम्लामा खासै सिटामोल अभाव नहुने स्टोर प्रमुख बुढाले बताए ।

प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड छैन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अनुगमनका क्रममा नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
प्रतिष्ठानले निःशुल्क औषधि वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त भए पनि फार्मेसीमा भने सिटामोल र डिकोल्ड भेटिएन ।

फार्मेसीमा अहिले सिटामोल र डिकोल्ड नभए पनि खरिद गरिएको औषधि चाँडै आउने प्रतिष्ठानले जानकारी दिएको सहायक प्रजिअ रिजालले बताए । स्थानीय प्रत्येक मेडिकल, अस्पतालका फार्मेसी र जनस्वास्थ्य कार्यालयका स्टोर अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

वि.सं.२०७८ माघ ९ आइतवार १५:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी...

मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको चुनौती

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको चुनौती

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा...