काठमाडौं । फरक शैलीको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिरेन रसाइलीको स्वर रहेको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा संगीत गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत रहेको छ भने दिलिप घिमिरेको शब्द रहेको छ । यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदीको अभिनय रहेको छ । उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् भने प्रकाश धितालले भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो:
वि.सं.२०७८ माघ ९ आइतवार १७:०३ मा प्रकाशित






























