back
CTIZAN AD

नेपालमा आज थपिए ६ हजार ४६२ कोरोना संक्रमित, १४१६ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ माघ ९ आइतवार

591 

shares

काठमाडौं । नेपालमा आज ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १७ हजार ४३७ नमु्ना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा २,८६८ भक्तपुरमा ३२१ र ललितपुरमा ६०२, जनासँगै ३ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा ३ दिनयता कोरोना संक्रमित हुनेको संख्या निरन्तर घटेको पाईएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ६ हजार ४६२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख २२ हजार ४३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १४१६ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १४१६ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख २१ हजार ६९९ पुगेको छ ।

आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार हाल ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ७५ हजार ३७६ र १,६६४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये २१५ जना आइसीयु र ४० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ४९ हजार ४७३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

आज एकैदिन कोरोनाबाट १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित

वि.सं.२०७८ माघ ९ आइतवार १७:१६ मा प्रकाशित

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...