
काठमाडौं । नेपालमा आज ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १७ हजार ४३७ नमु्ना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा २,८६८ भक्तपुरमा ३२१ र ललितपुरमा ६०२, जनासँगै ३ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा ३ दिनयता कोरोना संक्रमित हुनेको संख्या निरन्तर घटेको पाईएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ६ हजार ४६२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख २२ हजार ४३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १४१६ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १४१६ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख २१ हजार ६९९ पुगेको छ ।
आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ ।
मन्त्रालयको विवरण अनुसार हाल ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ७५ हजार ३७६ र १,६६४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये २१५ जना आइसीयु र ४० जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ४९ हजार ४७३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।