back
CTIZAN AD

भारत विरुद्ध दक्षिण अफ्रिकाले गर्यो क्लिन स्विप, अन्तिम एकदिवसीयमा भारत ४ रनले पराजित

वि.सं.२०७८ माघ १० सोमवार

735 

shares

१० माघ, काठमाडौँ । भारत र दक्षिण अफ्रिका बिचको तेस्रो तथा अन्तिम एकदिवसीयमा दक्षिण अफ्रिका ४ रनले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाको छिम ४९.५ ओभरमा २८७ रन बनाएर अलआउट हुन पुगेको थियो । दक्षिण अफ्रिकाका लागि ब्याटिङ्गमा क्विनटन डिककले सतकीय पारी खेलेका थिए भने रस्सी भान डेर डुसेनले अर्धसतकीय परी खेलेका थिए । क्विनटन डिकक १३० बलमा १२४ रन बनाएर आउट हुन पुगेका थिए भने रस्सी भान डेर डुसेन ५९ बलमा ५२ रन बनाएर आउट भएका थिए । बलिङ्गतर्फ भारतका लागि प्रसिद्ध कृष्णले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

दक्षिण अफ्रिकाले दिएको २८८ रनको लक्ष्य पछाएको भारतले पुरै ५० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । भारतीय टिम ४९.२ ओभरमा २८३ रन बनाएर अलआउट हुन पुगेको थियो । भारतका लागि ३ खेलाडीले अर्धसतकीय पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । शिखर धवन ६१, विराट कोहली ६५ र दिपक चाहर ५४ रन बनाएर आउट भएका थिए । बलिङ्गमा दक्षिण अफ्रिकाका लागि एन्डिले फेहलुकवाय र लुंगी एनगिडीले सर्वाधिक ३/३ विकेट हात पारेका थिए ।

जितसँगै दक्षिण अफ्रिकाले भारत विरुद्धको ३ खेलको एकदिवसीय श्रृखला ३-० ले क्लिन स्विप गरेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार १०:१० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...