back

भारत विरुद्ध दक्षिण अफ्रिकाले गर्यो क्लिन स्विप, अन्तिम एकदिवसीयमा भारत ४ रनले पराजित

वि.सं.२०७८ माघ १० सोमवार

108 

shares
NTC AD
Global IME AD

१० माघ, काठमाडौँ । भारत र दक्षिण अफ्रिका बिचको तेस्रो तथा अन्तिम एकदिवसीयमा दक्षिण अफ्रिका ४ रनले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाको छिम ४९.५ ओभरमा २८७ रन बनाएर अलआउट हुन पुगेको थियो । दक्षिण अफ्रिकाका लागि ब्याटिङ्गमा क्विनटन डिककले सतकीय पारी खेलेका थिए भने रस्सी भान डेर डुसेनले अर्धसतकीय परी खेलेका थिए । क्विनटन डिकक १३० बलमा १२४ रन बनाएर आउट हुन पुगेका थिए भने रस्सी भान डेर डुसेन ५९ बलमा ५२ रन बनाएर आउट भएका थिए । बलिङ्गतर्फ भारतका लागि प्रसिद्ध कृष्णले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

दक्षिण अफ्रिकाले दिएको २८८ रनको लक्ष्य पछाएको भारतले पुरै ५० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । भारतीय टिम ४९.२ ओभरमा २८३ रन बनाएर अलआउट हुन पुगेको थियो । भारतका लागि ३ खेलाडीले अर्धसतकीय पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । शिखर धवन ६१, विराट कोहली ६५ र दिपक चाहर ५४ रन बनाएर आउट भएका थिए । बलिङ्गमा दक्षिण अफ्रिकाका लागि एन्डिले फेहलुकवाय र लुंगी एनगिडीले सर्वाधिक ३/३ विकेट हात पारेका थिए ।

जितसँगै दक्षिण अफ्रिकाले भारत विरुद्धको ३ खेलको एकदिवसीय श्रृखला ३-० ले क्लिन स्विप गरेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार १०:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...