
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले मह उत्पादनकर्ता तथा विक्रिवितरण गर्नेहरुका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
विभागले महको उत्पादन तथा प्याकेजिङ गरि विक्रि वितरण गर्ने खाद्य उद्योगहरुले खाद्य ऐन, २०२३ को दफा ४ (ख) र खाद्य नियमावली, २०२७ को निया २४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धीत कार्यालयहरुबाट अनिवार्य अनुमति पत्र लिई प्रत्येक आर्थिक वर्षका लागि नविकरण गरेर मात्र मह उत्पादन तथा विक्रि वितरण गर्न आग्रह गरेको हो ।
त्यस्तै विभागले उत्पादित महमा कुनै प्रकारको मिसावट गरेको पाइएमा खाद्य ऐन २०३३ को दफा ५ बमोजिम कारबाही हुने समेत चेतवानी दिएको छ ।
सात वर्षदेखि काठमाडौंमै श्रेष्ठले यसरी बेच्दै आएका थिए चिनीको मह (तस्बिरसहित)