back
CTIZAN AD

एमसीसीलाई राजनीतिक अस्त्र बनाउँदै ओली, कहाँ–कहाँ प्रयोग गर्दैछन् ?

वि.सं.२०७८ माघ १८ मंगलवार

756 

shares

काठमाडौं । सत्तामा रहँदा एमसीसी पारित गराउन मरिहत्ते गर्ने एमालेले सत्ताबाट बाहिरिए पछि भने संसदमा टेबुल नभई धारणा नबनाउने बतायो । एमालेले सत्तामा हुँदा र सत्ता बाहिर हुँदा परिस्थिति बेग्लै भएको भनाई राखिरहेको छ । उसको पछिल्लो धारणाको अर्थ एमसीसी कुनै आर्थिक सम्झौता मात्र नभई सत्ता राजनीतिको अस्त्र हो । जसलाई एमालेले मिलाई मिलाई आफ्नो राजनीति अनुकुल प्रयोग गर्न खोजिरहेको छ ।

सत्ताबाट बाध्यात्मकरुपमा बाहिरिएको एमाले एकातर्फ सत्तामा फर्किने दाउमा छ भने अर्कोतर्फ १४ सांसदमाथि कारबाही नगरेका सभामुख अग्निप्रसाद सापकोटालाई पाठ सिकाउने योजनामा छ । एमालेले सत्ता गठबन्धनलाई भत्काउने र सभामुख सापकोटालाई हटाउने अस्त्रको रुपमा एमसीसीलाई प्रयोग गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनभित्र देखिँदै गरेको असहमतीको गुन्जायस एमालेले एमसीसी नामको अस्त्रलाई चलाएपछिको परिणाम भएको राजनीतिक विश्लेषकहरुको धारणा छ ।

अहिले सत्ता गठबन्धनभित्र एमसीसीको विषय प्राथमिकतामा छ । गठबन्धनभित्रको कार्यदलले एमसीसीको विषयमा अध्ययन गरिरहेको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित नगरी नहुने अडानमा देखिएका छन् । शनिबारको गठबन्धनको बैठकमा देउवाले एमसीसीलाई जसरी पनि पारित गराउनु पर्ने भन्दै नत्र गठबन्धन भत्किने चेतावनीसमेत दिएको विषय बाहिरिएको छ ।

देउवाले कार्यदललाई वेवास्ता गर्दै जसरी पनि पारित गर्ने अडानलाई किन अगाडि सारे ? किन देउवाले गठबन्धनभन्दा एमसीसीलाई महत्व दिए ? किन एकाएक सत्ता गठबन्धनभित्र विवाद चुलियो ? जसको केन्द्रमा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको नाउँमा गरेको दाउपेचको राजनीति देखिन्छ ।

देउवालाई सर्तसहित सहयोगको प्रस्ताव

सत्ताबाट बाहिरिएपछि एमालेको एक्लो मिसन जसरी पनि गठबन्धनलाई भत्काउने बनेको छ । एमालले गठबन्धन भत्काउन नसके आगामी चुनाव आफ्नो अनुकुल नहुने पनि बुझिरहेको छ । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टीमा खेल्दै एमालेले सत्ताको मुख्य नेतृत्वकर्ता कांग्रेसलाई आफुसँग मिल्न पनि सुझाईरहेको छ ।

कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवालाई पटक–पटक दूतहरु पठाएर एमाले अध्यक्ष ओलीले आफ्नो एजेण्डामा सहयोग गरे सरकार सञ्चालनमा पूर्णं सहयोग गर्ने आश्वासन पनि दिइरहेका छन् । उनले सार्वजनिकरुपमै पनि देउवालाई गठबन्धन भत्काउन उस्काइरहेका छन् ।

पछिल्लो पटक ओलीले एमसीसीको विषयलाई उचालेर आफुँले सहयोग गर्ने प्रस्ताव नै पठाएको बुझिएको छ ।

सभामुखलाई हटाउनेसम्मको तयारी

अहिले गठबन्धन भत्काउने मिसन मात्रै होइन सभामुख अग्निप्रसाद सापकोटालाई नै हटाउने तयारी एमालेको छ । १४ सांसदमाथि कारबाहीको सिफारिसलाई अस्वीकार गरेका सापकोटालाई दुई तिहाई बहुमत जुटाएर महाभियोगमार्फत हटाउने एमालेले तयारी थालेको छ । एमालेले जुन रणनीतिमा एमसीसीलाई अस्त्रको रुपमा प्रयोग गर्ने योजना बनाएको छ ।

एमसीसीमार्फत गठबन्धन भत्काउने र सभामुखलाई कारबाही गर्ने एमाले रणनीति छ । तत्कालिन सभामुख कृष्णबहादुर महरा जस्तै सापकोटा पनि एमसीसी पारित गराउन बाधक बन्ने निश्चित छ । उनलाई नहटाई एमसीसीलाई अगाडि बढाउन सकिने अवस्था छैन् ।

वि.सं.२०७८ माघ १८ मंगलवार १६:४८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...