back
CTIZAN AD

कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग

वि.सं.२०७८ माघ १८ मंगलवार

900 

shares

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ ।
मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु पचास हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो ।

कोरोना सङ्क्रमणबाट उक्त नगरका १८ को मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए । मृतक र कोरोनाबाट पीडितको परिवारमा केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नगरप्रमुख टोकबहादुर वाइवाले बताए । वाइवाका अनुसार नगरले कोरोनाको दोस्रो तथा तेस्रो लहरमा सङ्क्रमितलाई उपचारार्थ अस्पताल आउजाउका लागि तीन एम्बुलेन्ससमेत निःशुल्क रूपमा व्यवस्थापन गरेको थियो । मण्डनदेउपुरमा हाल कोरोनाका १३ महिलासहित २२ सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा मृत्यु भएका दुई पुरुषमध्ये एक मण्डनदेउपुरका थिए ।

यस्तै, पनौती नगरले पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ । नगरमा कोभिड-१९ को सङ्क्रमणबाट १९ को मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हाल नगरका ७९ महिलासहित १८१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

पनौतीका सबै सङ्क्रमित होम क्वारेन्टिनमै रहेको जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिएमसी)ले जनाएको छ । यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म १७ हजार २५८ मा सङ्क्रमण देखिएकोमा १९५ को मृत्यु भएको छ ।

हालसम्मका कूल सङ्क्रमितमध्ये ९३ दशमलब २७ प्रतिशत अर्थात् १६ हजार ९७ सङ्क्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७३ कोरोना सङ्क्रमित थपिएका छन् भने १३४ सङ्क्रमणमुक्त भएका हुन् ।

केन्द्रका अनुसार जिल्लामा हाल ९६६ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नपामा २९९, धुलिखेलमा २८६, पाँचखालमा ७४, नमोबुद्धमा ३३ तथा रोशी गाउँपालिकामा १३, तेमालमा चार, भुम्लु १३, बेथानचोकमा १६, खानीखोलामा एक, महाभारतमा सात र चौंरीदेउराली गाउँपालिकामा १७ रहेको छन् ।
रासस

वि.सं.२०७८ माघ १८ मंगलवार १६:२४ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...