back
CTIZAN AD

बाबुरामले भीम रावललाई ‘नक्कली पिएचडीधारी त होइनन् ?’ भनेपछि …

वि.सं.२०७८ माघ १८ मंगलवार

885 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराई र एमाले नेता डा. भीम रावलबीच सामाजिक सञ्जालमा गाली गलौजसहितको दोहोरो चलेको छ । नेता रावलले एमसीसी पास नगर्न आग्रह गर्दै लेखेको स्मृति पत्रमा भट्टराईप्रति प्रश्नहरु उठाएपछि सामाजिक सञ्जालमा दोहोरी चलेको हो ।

भट्टराईले सामाजिक सञ्जालमार्फत एमसीसी सम्झौतामा आफ्नो सहभागिताबारे रावलले प्रश्न उठाएको प्रति आक्रामक आलोचना गरेका छन् । उनले रावललाई “नक्कली पिएचडी त होइन ?” भनि सोधेका हुन् । गोप्य रुपमा एमसीसी सम्झौता गरेको भन्ने रावलको आरोपप्रति भट्टराईले आपत्ति जनाएका छन् ।

आफ्नो भनाईको विषयमा आलोचना गर्नेक्रममा भट्टराईले नक्कली पिचएडीधारी त होइनन् भन्ने प्रश्न उठाएपछि रावलले पििन सीमा पारी नक्कली हुने भएपनि नेपालका विश्वविद्यालयमा त्यस्तो नभएको बताएका छन् । उनले भट्टराईकै पिचएडीप्रति प्रश्न उठाएका छन् ।

रावलले स्मृति पत्रमा आफुँहरु संविधान निर्माण र शान्ति प्रक्रियाको टुंगो लगाउन व्यस्त भएको बेला भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गरेको र पछि प्रतिनिधिसभामा पेस भएपछि मात्रै आफुँले थाहा पाएको बताएका थिए ।

वि.सं.२०७८ माघ १८ मंगलवार १७:४७ मा प्रकाशित