
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराई र एमाले नेता डा. भीम रावलबीच सामाजिक सञ्जालमा गाली गलौजसहितको दोहोरो चलेको छ । नेता रावलले एमसीसी पास नगर्न आग्रह गर्दै लेखेको स्मृति पत्रमा भट्टराईप्रति प्रश्नहरु उठाएपछि सामाजिक सञ्जालमा दोहोरी चलेको हो ।
भट्टराईले सामाजिक सञ्जालमार्फत एमसीसी सम्झौतामा आफ्नो सहभागिताबारे रावलले प्रश्न उठाएको प्रति आक्रामक आलोचना गरेका छन् । उनले रावललाई “नक्कली पिएचडी त होइन ?” भनि सोधेका हुन् । गोप्य रुपमा एमसीसी सम्झौता गरेको भन्ने रावलको आरोपप्रति भट्टराईले आपत्ति जनाएका छन् ।
बाबुरामजी प्रमं हुँदा २०६८ मा चुपचाप एमसीसीसंग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु ।त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्नसकिन्थ्यो तर जानकारीसम्म गराइएन।PhD नक्कली सीमापारी हुनेगरेको सधैं चर्चा हुन्छ, त्रि.वि.वि. बाट PhD कसैको नक्कली हुने चर्चा नै हुन्न।
— Dr. Bhim Rawal (@BhimRawal179) February 1, 2022
आफ्नो भनाईको विषयमा आलोचना गर्नेक्रममा भट्टराईले नक्कली पिचएडीधारी त होइनन् भन्ने प्रश्न उठाएपछि रावलले पििन सीमा पारी नक्कली हुने भएपनि नेपालका विश्वविद्यालयमा त्यस्तो नभएको बताएका छन् । उनले भट्टराईकै पिचएडीप्रति प्रश्न उठाएका छन् ।
रावलले स्मृति पत्रमा आफुँहरु संविधान निर्माण र शान्ति प्रक्रियाको टुंगो लगाउन व्यस्त भएको बेला भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गरेको र पछि प्रतिनिधिसभामा पेस भएपछि मात्रै आफुँले थाहा पाएको बताएका थिए ।