काठमाडौं । गैरआवासीय नेपाली संघ जापानको दशौ अधिवेशनको निर्वाचनका क्रममा प्रविधिको दुरुपयोग गरिएको भन्दै प्रहरीको साइवर व्युरोले पत्र काटेको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, सचिव गौरीराज जोशी, उपाध्यक्ष डा. बद्री केसी, कोषाध्यक्ष महेश श्रेष्ठ (जापान) लाई सम्बोधन गर्दै प्रविधिको दुरुपयोग भएको सम्बन्धमा छानविन गरिपाउ भन्ने निवेदन परेकोले अनुन्सन्धानका लागि सहयोग गरिदिन भन्दै व्युरोले पत्र काटेको हो ।
‘उपरोक्त सम्बन्धमा उपरोक्त एनआरएनए जापानको दशौं महाधिवेशनको निर्वाचनमा प्रविधिको दुरुपयोग गरी एमआइएस सिस्टममा अनधिकृत पहुँच गरि आइसीसी, आईसीसी.आई.सि.सि आइटिले र एनसिसि एडमिन संचालकले फेरबदल गरी आफुखुसी मतदान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार अपराध गरेको हुनाले कानुन यथाशिघ्र छानविन गरी पाउ भन्ने निवेदन यस व्युरोमा प्राप्त भएकोमा प्राप्त निवेदन उपर व्यूरोबाट अनुसन्धान गर्नुपर्ने भएकाले उक्त प्रविधिमा प्रयोग भइरहेको user E-mail के कति मितिबाट कुन IP परिर्वतन भएको हो ? निर्वाचनमा भोटिङ हुँदा कुन–कुन IP बाट भएको हो ? भोटिङ गर्न गएकाहरुले के कुन समयमा कसरी भोटिङ गरिसकेका हुन् ? सो विवरण पछिसम्म फरक नपर्ने गरी स्वयम् तपाईहरु आफै वा तपाईको प्रतिनिधिलाई मिति २०७८/१०/२१ बिहान १० बजेसम्म यस कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा गरिदिनु हुन अनुरोध गरिएको छ ।’ प्रहरीद्धारा काटिएको पत्रमा भनिएको छ ।

वि.सं.२०७८ माघ २० बिहीवार ०९:३७ मा प्रकाशित






























