back
CTIZAN AD

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता दिने त आवेदन ?

वि.सं.२०७८ माघ २१ शुक्रवार

732 

shares

२१ माघ, काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (माघ २१ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको उक्त आईपिओमा सर्वसाधारणले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति फागुन ६ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले संस्थाको उक्त आईपिओमा न्यून्युनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस लघुवित्तको आईपिओमा पनि १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय र मेरो शेयरको मोबाइल एपबाट आवेदन दिन सक्नेछन ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १०:०७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...