काठमाडौं । देशैभरी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको कारण देशका धेरै स्थानमा हल्का देखि भारी वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
त्यस्तै राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चटयाङ÷असिना हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
वि.सं.२०७८ माघ २१ शुक्रवार ०९:४२ मा प्रकाशित





























