back
CTIZAN AD

मोरङ र ललितपुरमा तीन व्यवसायीको हत्या अभियोगमा तीन पक्राउ

वि.सं.२०७८ माघ २१ शुक्रवार

696 

shares

काठमाडौं । मोरङ र ललितपुरमा तीन व्वयसायीको हत्या गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले हत्या अभियोगमा संलग्न तीनजनालाई पक्राउ गरेर शुक्रवार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार सिराहाका ३१ वर्षीय अनिल मण्डलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङ धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् ।

उखुबारीमा भेटिएको थियो दुईजनाको शब
मोरङको धनपालथान गाउँपालिका ७ बोडिङटोलस्थित उखुबारीमा गत माघ १२ र १३ गते गाडिएको अवस्थामा दुई जनाको शब भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले धरान उपमहानगरपालि ३ का राजेन्द्र कुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका ४ का शम्भु चौधरीको रहेको पत्ता लगाएको थियो ।

भक्तपुरको लोकन्थलीमा परिवारसँगै बस्दै आएका धरानका श्रेष्ठ जग्गाको काम गर्ने उनी परिवारदेखि एकमहिना अघिबाट सम्पर्कबिहिन भएका थिए । मारिने चौधरी र श्रेष्ठ दुवैजना मिलेर व्यवसायमा संलग्न थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जर्नादन जिसीले अभियुक्तहरुले सुरुमा तेह्रथुमका ६३ मोहन लिम्बुको हत्या गरेपछि श्रेष्ठ र चौधरीलाई विराटनगर लगेका थिए । उनीहरुले मंसिर ५ गते राजेन्द्र र ७ मा चौधरीको हत्या गरेको खुलेको जानकारी दिएका छन् ।

सोहि हत्याको अनुसन्धानमा रहेको मोरङ प्रहरीले अनिल कुमार मण्डलाई पक्राउ गरेको र मण्डलले नै दिएको बयानका आधारमा प्रहरीले बिहीवार फेरि ललितपुरमा गाडिएको अवस्थामा अर्को शब बरामद गरेको थियो ।

मोरङ र ललितपुरमा भेटिएका शबको प्रकृति एउटै थियो । हत्याका अभियुक्तले दुवैतिर गाडिएका शबाथिबाट नुन राखिदिएका थिए ।

मण्डलको बयानका आधारमा मोरङदेखि ललितपुरको ठेचोमा पुग्दा तेह्रथुमका मोहन लिम्बुको शब फेला पारेको हो । ललितपुरको गोदावरी नगरपालिका १२ स्थित ठेचो बसपार्कमा रहेको एक घरको बाहिरपट्टी गाडेको अवस्थामा शब भेटिएको हो । उनीहरुले केही समयअघि उक्त घरमा गोदाम बनाउने भनेर भाडामा लिएका थिए । सोहि घरमा लिम्बुको हत्या गरेर बाहिरपट्टि खाडल खनेर शब गाडेपछि सिमेन्ट लगाएर पुनः माथिबाट माटोले पुरिएको अवस्थमा लिम्बुको शब फेला परेको थियो ।

मारिने र मार्ने संगै व्यवसाय गर्थे
श्रेष्ठ, चौधरी, लिम्बु तथा हत्याका मुख्य अभियुक्त मण्डल चारैजना एउटै समुहमा व्यापार गरेको र प्रहरीले उनीहरु सेयर, हाइड्रोपावर घरजग्गा लगायतका व्वयसायमा करोडौ रकमको कारोबार गरिको पत्ता लगाएको छ । हत्याका मुख्य योजनाकार मण्डलले व्यवसायको रकम आफ्नो नाममा मात्र बनाउन खोज्दा हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मण्डलले उनीहरुको हत्यामा भारतीय नागरिकको पनि सहयोग लिएको र उनीहरु हाल फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०७८ माघ २१ शुक्रवार १४:२९ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...