काठमाडौं । राहदानी बनाई दिने भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका-५ का मनोज सापकोटा रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
त्रिपुरेश्वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएका उनलाई ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
वि.सं.२०७८ माघ २१ शुक्रवार १४:२१ मा प्रकाशित






























