काठमाडौं । पदाधिकारी चयन गर्न माओवादी केन्द्रले आगामी माघ २७ का लागि बोलाएको केन्द्रीय समितिको बैठक सर्ने सम्भावना देखिएको छ । एक पछि अर्को गर्दैै नेताहरु कोरोना संक्रमित बन्न थालेपछि यस्तो देखिएको हो ।
अहिले महासचिवका दुई दाबेदारसहित पदाधिकारीका अन्य दाबेदारहरु कोरोना संक्रमित भएका छन् । हालै उपचार पछि स्वदेश फर्किएका वर्षमान पुन कोरोना संक्रमित भएका छन् जनार्दन शर्मा पनि केही दिनदेखि कोरोना संक्रमण देखिएसँगै मन्त्री क्वाटरमा आइसोलेसनमा छन् ।
यता पदाधिकारी बन्न दाबेदारी प्रस्तुत गरिरहेका नेता गिरीराजमणि पोखरेल पनि कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् । कतिपय नेताहरु कन्ट्रयाक ट्रेसिङ्गमा परेसँगै आइसोलेसनमा छन् ।
माओवादी केन्द्रीय कार्यालयले बैठक तयारी भइरहेको भए पनि कोरोना संक्रमण बढी भइरहेको कारण के हुन्छ यकिनपूर्वक भन्न नसकिने बताएको छ । यसअघि पनि माओवादी बैठक कोरोना र पुनको आगमनलाई देखाउँदै अलमल पर्दै आएको थियो ।
वि.सं.२०७८ माघ २१ शुक्रवार १३:४६ मा प्रकाशित






























