back
CTIZAN AD

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

वि.सं.२०७८ माघ २१ शुक्रवार

723 

shares

१२ माघ, काठमाडौँ । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई रु ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो ।

यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत रु नौ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु एक करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

हालसम्म रु १२ अर्ब ७६ करोड योगादन रकम सङ्कलन भएको छ । कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । सोमबारसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९७८ योगदानकर्ता आबद्ध भएका छन् । बागमतीबाट ११ हजार २६६, प्रदेश नं १ बाट एक हजार ८३०, लुम्बिनीबाट एक हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आबद्ध भएका छन् ।

कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ३२ हजार ३३५, प्रदेश नं १ बाट ३१ हजार ८२०, मधेस प्रदेशबाट १८ हजार १८२, गण्डकीबाट १२ हजार ७६२, लुम्बिनीबाट ११ हजार ६६७, सुदूरपश्चिमबाट एक हजार २३३ र कर्णालीबाट ९८८ योगदानकर्ता सूचीकृत भएका छन् ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १३:४५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...