back
CTIZAN AD

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

वि.सं.२०८३ असार १७ बुधवार

129 

shares

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक/एक गोल गरे ।

खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै मेक्सिकोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल मेक्सिको पक्षमा रह्यो ।

मेक्सिकाले यसअघि भएको समूह चरणको खेलमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । यस हारसँगै इक्वेडर भने विश्वकपबाट बाहिरिएको छ ।

वि.सं.२०८३ असार १७ बुधवार १०:५८ मा प्रकाशित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...