back
CTIZAN AD

काठमाडौंमा किन फेरि देखियो विद्युत आपूर्तिमा समस्या ?

वि.सं.२०७८ माघ २१ शुक्रवार

702 

shares

काठमाडौं । काठमाडौं उपत्यकाका धेरै ठाउँमा विद्युत आपूर्तिमा समस्या देखिएको छ । निरन्तरको झरि र चिसो बढिरहेका बेला विद्युत आपूर्तिमा समस्या देखिएको हो । बढ्दो चिसोमा विद्युत आपूर्ति नहुँदा मानिसहरु समस्यामा परेका छन् ।

गत पुष दोस्रो साता पनि काठमाडौं उपत्यकामा विद्युत आपूर्तिमा यस्तै प्रकृतिको समस्या देखिएको थियो । धेरै ठाउँमा विद्युत आपूर्तिमा समस्या आएको थियो । पुष दोस्रो साता आएको समस्या जस्तै अहिले पनि समस्या देखिएको हो ।

तर, समस्या आउँदैन भनेका थिए कुलमानले

विद्युत आपूर्तिमा निरन्तरको समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुस १६ मा पत्रकार सम्मेलन नै गरेर विद्युत आपूर्तिमा समस्या नआउने दाबी गरेका थिए । उनले समस्याहरु दिगो ढंगले नै समाधान गर्न लागिएको पनि बताएका थिए । तर, प्राधिकरण प्रमुख घिसिङको भनाई भने महिना दिन पनि टिक्न सकेन ।

प्राधिकरणले अहिले देखिएको समस्या हावाहुरी र वर्षाको कारण आएको भनेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई धेरै ठाउँमा समस्या समाधान भइसकेको बताए । उनले लोड बढेको कारण समस्या आएको भन्ने विषय सही नभएको पनि दाबी गरे । भट्टराईका अनुसार विद्युत नेटवर्क गतिलो नहुँदा विद्युत आपूर्तिमा समस्या आएको हो ।

“बुझ्नुपर्ने कुरा, हाम्रो विद्युत नेटवर्क राम्रो छैन्, वर्षात् भएसँगै हावाहुरीले डिस्टर्भ गरिहाल्छ, यसलाई अन्यथा मान्न मिल्दैन, हाम्रो नेटवर्क यूरोप–अमेरिकाको जस्तो नभएको कारण हावाहुरी र पानीले डिस्टर्भ गर्ने कुरा स्वभाविक हुन्छ”, भट्टराईले भनेका छन्, “हामी मर्मतमै छौं, समाधान हुँदै जान्छ ।”

भट्टराईले लोड बढेर समस्या भने नआएको बताए । “नर्मल लोडभन्दा ३ सय मेगावट लोड घटेको छ, अहिले उपत्यकाको लोड करिब १२६० मेगावट छ, यो लोड बढेर समस्या आएको होइन ।”

भट्टराईले भूमिगत रुपले विद्युत नेटवर्क विस्तार नगरी समस्या समाधान नहुने बताए । यस्तो समस्याहरु आउने कुरालाई अन्यथा मान्न नमिल्ने उनको भनाई छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १४:४९ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...