back
CTIZAN AD

महिला भलिबल टोली र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीलाई प्रधानमन्त्रीले गरे नगदसहित सम्मान

वि.सं.२०७८ माघ २१ शुक्रवार

732 

shares

२१ माघ, काठमाडौँ । सरकारले बङ्गबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन । उक्त प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गरेको हो । कार्यक्रमा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताए ।

“यहाँहरूले भलिबल खेलको माध्यमबाट नेपालको शिर उँचो बनाउन जुन मेहनत गर्नुभयो, त्यो अति नै प्रशंसनीय छ । भविष्यमा पनि नेपाली खेलाडीले भलिबललगायतका अन्य खेलकुद गतिविधिका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रतियोगितामा सहभागी भई राम्रो नतिजा हासिल गरी नेपाल र नेपालीको शिर उँचो बनाउने कार्यमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु”, प्रधानमन्त्री देउवाले भने ।

विश्व ब्याडमिन्टन महासङ्घको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शीर्ष स्थानमा पर्न सफल भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि सो अवसरमा बधाई दिए । फुटबलको क्षेत्रमा नेपाली खेलाडीलाई निरन्तर कुशल प्रशिक्षण दिइरहेका प्रशिक्षक अब्दुलाह अल्मुताइरीलाई पनि उनले धन्यवाद दिए । “आगामी दिनमा फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीले सफलता प्राप्त गर्न प्रयासरत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु”, उनले भने ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले पुरस्कारले खेलाडीमा जिम्मेवारी थपिएको उल्लेख गर्दै नेपाललाई विश्व समुदायको जनस्तरसँग जोड्न खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भलिबलको कभर्डहल निर्माणका लागि आगामी बजेटमा सम्बोधन गर्न प्रधानमन्त्री देउवासमक्ष अनुरोध समेत गरे ।

कार्यक्रममा महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले खेलकुदको पूर्वाधारको विकास तथा खेलाडी सेवा सुविधा वृद्धि गर्न सरकारसँग आग्रह गरे । उनले खेलका दौरान घाइते भएकी भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउन सरकारलाई आग्रह गरे ।

सरकारले विश्व ब्याडमिन्टनको वरियातामा शीर्ष स्थानमा रहन सफल प्रिन्स दाहाल र साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरेको छ । सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको छ । त्यतिबेला मुख्य प्रशिक्षक अल्मुताइरी अनुपस्थित रहेका कारण उनलाई आज सम्मान गरेको हो ।

सरकारले एशियन सेन्ट्रल जोन महिला भलिबलका टोलीका १२ खेलाडीलाई जनही रु पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई रु दुई लाख प्रदान गरेको छ । सम्मानित हुने खेलाडीमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मि चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु रहेका छन । त्यस्तै सम्मानित हुने अन्यमा टोलीको मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहेका छन ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १५:१५ मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...