back
CTIZAN AD

पदाधिकारी चयनका लागि परामर्शमा जुटे प्रचण्ड, सहमतिमै टुंग्याउने तयारी

वि.सं.२०७८ माघ २१ शुक्रवार

741 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयनका लागि आन्तरिक परामर्शमा जुटेका छन् । उनले निकटका नेताहरुसँग छलफल सुरु गरेका छन् ।

केन्द्रीय सदस्य गणेश शाहले बताएअनुसार पदाधिकारी चयनका लागि नेताहरुसँग राय सुझाब लिइरहेका छन् । शाहले बताएअनुसार सबै पद सहमतिमै टुंग्याउने प्रचण्डको तयारी छ ।

“अध्यक्ष ज्यूको तयारी सबैमा सहमतिबाटै गरौं भन्ने छ, उहाँले सोहिअनुसार छलफल पनि अगाडि बढाइरहनु भएको छ”, शाहले भनेका छन्, “सायद एक/दुई दिनमै एउटा खाका बन्छ ।”

उनले बाहिर चर्चा भएअनुसार आकांक्षी भएपनि हानाथाप नै नभएको बताए । सहमतीमै सबै कुरा टुंगीने उनको भनाई छ ।

माओवादीले महाधिवेशनमार्फत अध्यक्षसहित २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये २३७ चयन गरेको थियो । तर, वरिष्ठ उपाध्यक्षसहित अन्य पदको विषयमा भने टुंगो लगाएको छैन् ।

माओवादीले केन्द्रीय समिति बैठकमार्फत विधानतः पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्नेछ । साथै रिक्त केन्द्रीय सदस्य पदमा पनि पूर्ति गर्नेछ ।

माओवादीले पदाधिकारीसहित विभिन्न कमिटीको नेतृत्व टुंग्याउन माघ २७ मा केन्द्रीय समिति बैठक बोलाएको छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १७:४९ मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...