back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च ओमानले बुझायो श्रममन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र

वि.सं.२०७८ माघ २१ शुक्रवार

1.3K 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रवास संगठन,प्रवासी नेपाली एकता मञ्च ओमानले प्रवासमा रहेका नेपालीहरुको समस्या समाधानको लागि श्रममन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

राष्ट्रियसभा सदस्य सिंह बहादुर बि. कको सहजीकरणमा मञ्चका उपाध्यक्ष चित्र बहादुर कुँवरले शुक्रवार सिंहदरवारस्थित श्रम मन्त्रालयमा पुगेर मन्त्री किसान श्रेष्ठलाइ विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

‘उपरोक्त सम्बन्धमा देशको चरम बेरोजगारको समस्याले गर्दा दिनप्रतिदिन युवाहरु रोजगारीको लागि बिदेशीइरहेको त सबैलाई अवगत नै छ, त्यसमा पनि नेपाल सरकारले मलेसिया र खाडी मुलुकमा फ्री भिसा फ्री टिकट भने पनि मेनपावर ब्यावस्य गर्नेहरुले १ जना बराबर १ लाख देखि ४ लाखसम्म मनलाग्दी ढङ्गले पैसा असुल्दै आएको हुनाले हाम्रो यसतर्फ ध्यानाकर्षण भएको हुँदा, प्रवासी नेपाली एकता मञ्च ओमानको तर्फबाट माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउदछौ ।’ मन्चका अध्यक्ष लिलानाथ कोइराला र महासचिव तेज बहादुर तामाङद्धारा हस्ताक्षरित उक्त ध्यानाकर्षणपत्रको पहिलो बुँदामा भनिएको छ ।

यस्तो छ ६ बुँदे ध्यानाकर्षणपत्र

श्री माननीय श्रम मन्त्री ज्यु
सिंहदरबार काठमाडौ नेपाल
बिषयः ध्यानाकर्षण पत्र
उपरोक्त सम्बन्धमा देशको चरम बेरोजगारीको समस्याले गर्दा दिनप्रतिदिन युवाहरु रोजगारीको लागि बिदेशिइरहेको त सबैलाई अवगत नै छ, त्यसमा पनि नेपाल सरकारले मलेसिया र खाडी मुलुकमा फ्री भिसा फ्री टिकट भने पनि मेनपावर ब्यवसाय गर्नेहरुले १ जना बराबर १ लाख देखि ४ लाखसम्म मनलाग्दी ढङ्गले पैसा असुल्दै आएको हुनाले हाम्रो यसतर्फ ध्यानाकर्षण भएको हुँदा,प्रवासी नेपाली एकता मञ्च ओमानको तर्फबाट माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउदछौ ।

हामीले देश बिकास र समृद्धिको लागि युवालाई बिदेश होइन नेपालमा नै रोजगारको वातावरण बनाउनु पर्ने आजको आवस्यक हो, हामी यो चाहन्न कि आजको मिति सम्म बुद्ध र सगरमाथाको देश भनिएर विश्वले चिनिएको देशलाई भोलि गएर युवाहरूलाई बिदेश पठाएर वृद्धहरु मात्र देशमा बस्ने देश कुन हो ? भन्दा नेपाल हो भन्ने नहोस्, आज नै हाम्रो ध्यान यसतर्फ गएन भने भोली त्यो दिन पनि नआउला भन्न सकिन्न त्यसैले मन्त्रीज्यूले यसतर्फ गम्भीर ध्यान दिनु हुनेछ भन्ने बिश्वासका साथ जोडदार ध्यानाकर्षण गराउँदछौ ।

(१) फ्री भिसा फ्री टिकट भनेर सरकारले नेपाली रकम १० हजार मात्र मेनपावर ब्यावसायीले लिन पाउने नियम बनाएको भए पनि त्यो खाली मिडिया खपतमा मात्रै सिमित भएको देखिन्छ पुनः यसमा अनुगमन गरेर ब्यबहारमा लागू गर्न माननीय मन्त्रीज्यू समक्ष जोडदार माग गर्दछौं।

(२) प्रवासी नेपालीहरुलाई सम्बन्धित मुलुकमा रहेका नेपाली कुटनैतिक नियोग दूताबासमार्फत मतदाता परिचयपत्र उपलब्ध गराउनुका साथै आवस्यक कानुन निर्माण गरि मतदानमा समेत सहभागी गराउन जोडदार माग गर्दछौं ।

(३) बैदेशिक रोजगारीमा जाने श्रमिक नेपालीहरुका लागि श्रमस्वीकृति हालसम्मको अबस्था हेर्दा अत्यन्तै कष्टकर देखिन्छ बिगत केही समय पहिले सम्बन्धित देशका नेपाली कुटनैतिक नियोगबाट श्रमिकको श्रमस्वीकृति गरिने भनिएको भए पनि हालसम्म ओमन लगायतका कैयौं मुलुकहरुमा लागु नभएको देखिन्छ यो बिषयमा पुनः अनुगमन गरि यथाशीघ्र सम्बन्धित देशका दूताबासबाट नै श्रम स्विकृति उपलब्ध गराउन जोडदार माग गर्दछौं ।

(४) रोजगारदाता परिबर्तन गरेका घरेलु श्रमिक कामदारहरुलाइ सरकारले श्रम स्विकृती नदिएर धेरैको रोजगारी गुमेको देखिन्छ यसमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं सम्बन्धित मुलुकमा रहेका दूताबासबाट आवस्यक जानकारी लिएर श्रम स्विकृती दिन माननीय मन्त्रीज्यू समक्ष जोडदार माग गर्दछौं ।

(५) घरेलुु कामदार पठाउन सरकारले रोक लगाए पनि गैरकानुनी बाटो छिमेकी भारत, श्रीलंका, बंगलादेश, माल्दिस, बर्मा हुदै मोटो रकम एजेन्टले लिएर पठाउने कार्य हालसम्म रोकिएको छैन यस्तो गैरकानुनी कार्यलाई तुरुन्तै रोकेर मुलुकभित्र नै रोजगारी सिर्जना गर्न माग गर्दछौ यदि रोजगारि देशभित्र हालैको लागि असम्भव भए आवस्यक कानुन निर्माण गरेर मात्र घरेलु श्रमिक कामदार पठाउन ध्यानाकर्षण गर्दछौं यसो भएको खन्डमा राज्यकोषमै फाइदा हुनेछ ।

(६) बैदेशिक रोजगारीमा रहेका श्रमिक नेपालीहरुका लागि सरकारले बिमा गरेसँगै सन्चयकोषको समेत ब्यबस्था गर्न जोडदार माग गर्दछौं ।

वि.सं.२०७८ माघ २१ शुक्रवार २०:०९ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...