देशैभरी वर्षासँगै परेको हिमपातका कारण कतै जनजीवन कष्टकर अनि कतै खुसीयाली
Sansar News
वि.सं.२०७८ माघ २१ शुक्रवार
669
shares
काठमाडौं । आज बिहान एकैछिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको देशैभरी हिमपात परेको छ ।
हिमपातका कारण बैतडी, म्याग्दी, डोटी, रुकुमपूर्व, जाजरकोट, डडेल्धुरा लगायतका विभिन्न जिल्लामा जनजीवन प्रभावित हुनुका साथै सडकसमेत अवरुद्ध भएका छन् । साथै हिमपातका कारण देशका बिभिन्न ठाउका लागि हुने उडानहरु समेत अवरुद्ध भएका थिए ।
यद्यपी नेपाली सेना प्रहरी तथा सशस्त्रले हिउँ पन्छाउने सडक अवरुद्ध खुलाउने लगायका कार्य समेत गरेका छन् ।
तल्लो डोल्पाको मुड्केचेला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कुमा भारी हिमपात । हिउँ परेकाले अन्नबाली राम्रो उत्पादन हुने किसान बताउँछन् । तस्बिरः हेमन्त केसीवर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर: प्रदीपराज वन्त
पर्यटकीय क्षेत्र नगरकोटमा शुक्रबार हिमपातपछि नगरकोटको बतासे डाँडाबाट देखिएको आकर्षक दृश्य । तस्वीर: रमेश गिरीपर्यटकीय क्षेत्र रानीकोटमा शुक्रबार हिमपातपछि हाइल्याण्ड रिसोर्टमा देखिएको दृश्य । हिउँ परेपछि रानीकोटमा पर्यटकको घुँइचो लागेको छ ।रुकुम (पूर्व)को भूमे गाउँपालिका-१ लुकुममा शुक्रबार हिमपात पछि हिउँ खेलाउँदै स्थानीय बालबालिका । तस्वीर: सर्जना कार्कीडडेल्धुराको सदरमुकाममा बिहीबार साझँदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित । तस्बिर-धनबहादुर भण्डारी